कटारीमा अत्यावश्यक वाहेकका सवै सेवा बन्द हुने, कटारी मोडेल हेल्थ केयर समेत शिल गरियो ।।

१३ श्रावण, २०७७
साेम दियाली
दुधौली /उदयपुरको कटारी नगरपालिकामा अति आवश्यक सेवा वाहेकका सवै सेवा बन्द गरिने भएको छ । शुक्रवार मोडल हेल्थ केयर कटारीबाट कोशी अस्पताल विराटनगर रिफर गरिएकी एक महिलाको उपचारको क्रममा गरिएको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिए पछि यहाँ स्थित मोडेल अस्पताललाई सिल गर्ने र अत्यावश्यक वाहेकका सवै सेवा बन्द गर्ने निर्णय भएको हो ।
                             उपमेयर तथा कार्यावाहक मेयर भिम कुमारी राउतको अध्यक्षतामा आज बसेको नगरकार्यपालिकाको वैठकले मोडेल हेल्थ केयर शिल गरी समुदायमा कोरोना फैलन नदिन हाललाई अति आवश्यक वाहेकका सवै सेवा बन्द गर्ने निर्णय गरेको नगरपालिकाले एक सुचना जारी गर्दै जानकारी दिएको छ । हाललाई ती महिलाको सम्पर्कमा आएका पहिलो व्यक्तिहरुको पहिचान गरी पिसिआर परिक्षण गर्न पठाईने र रिपोर्ट नआउन्जेल अत्यावश्यक सेवा वाहेकका सम्पूर्ण सेवा, व्यापार व्यवसाय, होटल, कार्यालय, सवारी साधन पूर्ण रुपले संचालन गर्न बन्द गरिने निर्णय भएको नगरपालिकाले जारी गरेको सुचनामा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!