एक सामुदायिक वनले डढेलो बाट मुक्त


२९ बैशाख, २०७७
धनराज श्रेष्ठ –
दुधौली / प्रत्येक वर्षको फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको समय भनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्याधिक बढ्ने गरेको छ । यो वर्ष पनि प्राय जसो वन डढेलोले सखाप बनायो तर सिन्धुलिको दुधौली नगरपालिकाको एक सामुदायिक वन भने यो वर्ष डढेलो लाग्नबाट बचेको छ । दुधौली नगरपालिका १४ ककुरठाकुर स्थित श्री सप्तमाला सामुदायिक वन यो वर्ष डढेलो लाग्न बाट बचेको हो । गएको वर्षहरुमा पनि डढेलो लाग्न नदिनका लागि उपभोक्ताहरु सामुहिक रुपमा खटिए पनि नियन्त्रण हुन सकेको थियन । यसवर्ष समुहभित्रकै उपभोक्ता वाट ३ महिनाका लागि २ जना हेरालु राखिएको छ । उनिहरुलाई सामुदायिक वनकै कोष बाट रकम छुट्याएर मासिक १०(१० हजारका दरले तलव भत्ता दिएर राखिएको उपभोक्ता समितिका अध्यक्ष भैरव पुलामी मगरले जानकारी दिनुभयो । जम्मा १७५ घरधुरी रहेको यस सामुदायिक वनको क्षेत्रफल भने करिव १ सय ९२ हेक्टर रहेको अध्यक्ष मगरले बताउनु भयो । उनका अनुसार बिगतका वर्षहरुमा उपभोक्ताहरुलाई सामुहिक रुपमा खटाउदा डढेलो नियन्त्रण नभएपछी यो वर्ष हेरालु राखेर वल्ल वनलाई आगोवाट जोगाउन सकिएको हो । यो अवस्थालाइ हेर्दा यहाका हरेक उपभोक्ताहरुपनि सचेत भएको बुझ्न सकिन्छ ।
डढेलो जादा नाङ्गो देखिने वन अहिलेको वर्ष हरियालिमा परिणत भएको छ । सालका कलिला पाउला र स(साना बिरुवा हरुले डढेलो जादा नाङ्गो देखिने वनलाई हरियालीमा परिणत गरेको हो । यो सामुदायिक वनमा प्रायजसो सालका बोटहरु पाइनुका साथै अन्य कु(काठका वोटहरु पनि प्रसस्त पाइन्छ । डढेलोले वषौ देखि संरक्षण गरेका वनमात्र हैन यसबाट हाम्रा बहुमूल्य जैविक विविधता र सम्पदासमेतलाई खारानी बनाउछ ।
नेपालमा वन डढेलो प्राकृतिक कारणमात्र नभएर मानवीय कारणले पनि लाग्दै आएको छ। वन पैदावार संकलन, वन अतिक्रमण, चोरी सिकारीलगायत खेती किसानीका लागि प्रयोग गरिने आगो पनि डढेलो लाग्नुका मुख्य कारण हो। जलवायु परिवर्तनका कारण पृथ्वीको बढ्दो तापमानले पनि डढेलोको समस्या झन् जटिल बनाएको छ। नेपालको सन्दर्भमा वन डढेलोलाई वन विनास र क्षयीकरणको प्रमुख कारण मानिएको छ। नेपालकोे मौजुदा कानुनले पनि जथाभावी डढेलो लगाउनुलाई अपराध नै मानेको छ। मुलुकी ऐन, २०२० मा आगो लगाउने कार्यलाई फौजदारी अभियोगका रूपमा लिइएको छ। त्यस्तै वन ऐन २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले वनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापमा बन्देज लगाइ यसलाई कानुनी अपराधका रूपमा लिई सजायको प्रावधान राखिएको छ।


वन डढेलोको प्रभावबाट हामी प्रत्यक्ष वा अप्रत्यक्ष कोही पनि मुक्त छैनौं। आज देशभर १९ हजारभन्दा बढी सामुदायिक वन उपभोक्ता समूह करिब १८ हजार हेक्टर सामुदायिक वन क्षेत्र संरक्षण सम्बर्द्धन गर्दै आइरहेका छन्। समुदायले मेहनत गरेर हुर्काएका सामुदायिक वन हरेक वर्ष डढेलोको चपेटामा परेका छन्। अन्ततः डढेलो निभाउन जाँदा मृत्यु र घाइते हुनेका लागि कुनै पनि निकायले राहतको व्यवस्था गरेको छैन ।
देशब्यापिरुपमा नै वन डढेलो प्रकोप बढिरहेको सन्दर्भमा श्री सप्तमाला सामुदायिक वनलाई डढेलो वाट बचाउन सफल हुदा अन्य सामुदायिक वनका उपभोक्ता समितिलाई भने चुनौतिको विषय वनेको छ । दक्ष जनशक्ति समयमै उचित व्यवस्था र परिचालन गर्न सक्दा डढेलो नियन्त्रण प्रभावकारी हुन सकेका कुरा मध्यनजर राख्दै यो सामुदायले अर्को वर्ष पनि यस विषयमा समय छँदै अहिलेको कदम लाई निरन्तरता दिनुपर्ने देखिन्छ । डढेलो लागिसकेपछि पानीको कुवा खन्ने जस्तो विगत वर्षहरुका प्रवृत्ति अब दोहोरिनु हुदैन । वन डढेलो सबैको साझा चुनौती हो । यस्मा हामी बेलैमा सचेत भए यसको प्रकोपबाट मुक्ति पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!