सिमा रक्षाका लागि दुधौलीमा प्रदर्शन

कार्तिक २९, शुक्रवार
दुधौली न्युज, –

                    राष्ट्रिय सीमा अतिक्रमणसँगै राष्ट्रियतामाथि हस्तक्षेप बढेको भन्दै भारत विरुद्ध सिन्धुलीको दुधौली नगरपालिकामा पनि विरोध प्रदर्शन भएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु )दुधौलीको आयोजनामा भारत विरुद्ध प्रदर्शन गरिएको हो ।दिनभरी कक्षामा बस्नुपर्ने दुधौलीका विद्यार्थी प्ले कार्ड बोकेर सडकमा ओर्लिएका थिए । विद्यालयकै पोशाकमा आएका विद्यार्थीले एक हातमा चन्द्रसूर्य अंकित नेपालको झण्डा र अर्को हातमा प्लेकार्ड बोकेर ‘गो ब्याक इण्डिया’ भन्दै आज दुधौली परिक्रमा गरेका थिए । विद्यार्थिहरुले नेपालको सीमा अतिक्रमणको विरोधमा सडकमा उत्रिएर शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन् ।

विद्यार्थीले प्लेकार्ड, झण्डा मात्र नभएर भारतले एकतर्फी रूपमा नेपाली भूमि लिम्पियाधुरा, कालापानी तथा लिपुलेक आफ्नो नक्साभित्र राखेको विरोधमा उनीहरुले चर्को नारा लगाएका थिए । ¥यालीले दुधौली नगरको मुख्य व्यापारीक केन्द्र दुधौली बजारमा परिक्रमा गरेको थियो ।  ‘कालापानी हाम्रो हो, सीमा मिच्न पाइँदैन’, बेइमानी नक्सा हुँदैन, नेपाल छुन पाइँदैन’ लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोकेर अतिक्रमणविरुद्धको ¥याली प्रदर्शन गरिएको थियो । कार्यक्रममा दुधौलीका नेकपाका ३ नं. प्रदेश सदस्य डम्बर कार्की, नगर कमिटि अध्यक्ष लक्ष्मण कार्की नेकपा नेता मातृका भट्टराई लगाएत संञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

            प्रदर्शनको कोण सभामा बोल्दै अनेरास्ववियुका संयोजक विजय खड्काले नेपाल सानो राष्ट्र भएकाले सधै छिमेकी राष्टले हेपीरहेको भन्दै मिचिएको सिमा क्षेत्र तल्काल फिर्ताको माग राख्दै दवाव स्वरुप दुधौलीमा पनि विरोध प्रदर्शन गरीएको उनले बताए । नेपालीहरुले ईतिहासमा अंग्रेजलाई पनि पराजित गरेको स्मरण गर्दै उनले भारत विरुद्ध नझुक्ने समेत बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!