सिन्धुली अस्पतालबाट तिन जनाले कोरोना जिते (भिडियो सहित)


८ असार, २०७७
दुधौली न्युज –
जिल्ला अस्पताल सिन्धुली बाट तिन जना कोरोना जितेर डिस्चार्ज भएका छन् । उनिहरुलाई सोमवार बेहुलाझै सिगारेर अस्पतालले विदाई ग¥यो । भारतबाट आएर सिन्धुलीको क्वारेन्टाइनमा बसेका तीन जनालाईलाई कोरोना भाइरस पुष्टि भएसँगै सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । भर्ना भएका तीनै जनालाई २२ दिनको अस्पताल बसाई पछि पिसिआर टेष्ट गर्दा नेगेटिभ आएकाले अस्पतालले बेहुलाझै सिगारेर विदाई गरेको हो ।

यसरी सिगारिएर डिस्चार्ज हुनेमा तिनपाटन गाँउपालिका ३ का चन्द्रबहादुर गोले, कमलामाई नगरपालिका ११ का राजु गोले र कमालमाई नगरपालिका १४ का मनोज गदौली रहेको जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष प्रल्हाद पोखरेलले जानकारी दिनुभयो । डिस्चार्ज भएका तिनै जनालाई दुबोको माला खादा अविर लगाएर प्रदेश सभा सदस्य प्रदिप कटुवाल प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको उपस्थितिमा विदाई गरिएको अस्पतालले जनाएको छ ।

                       अस्पतालका स्वास्थ्यकर्मीहरुले राम्रो व्यवस्थापन र सकरात्मक उर्जा पैदा गराएकाले आफुहरुले कोरोना जित्न सफल भएको डिस्चार्ज भएर फर्कदै गरेका कमलामाई नगरपालिका १४ का मनोज गदौलीले बताउनु भयो । तीन जना डिस्चार्ज भएपनि अझ १ जना अस्पतालको आइसोलेसनमा रहेको अस्पताल विकास समिति अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!