सिन्धुलीलाई २ वर्ष भित्र झिलिमीली बनाउने – मन्त्री पुन

माघ ७, दुधौली न्यूज–
रविन्द्र भट्टराई
उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुन अनन्तले सिन्धुलीलाई २ वर्ष भित्र झिलिमीली बनाउने बताउनु भएको छ । नेपाल मगर सघँ दुधौली साखाको आयोजनामा भएको माघे सकराती महोत्वसवको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । कार्यक्रममा मन्त्री पुनले दुई वर्ष भित्र सिन्धुलीका प्रत्येक घरमा उज्जालो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


कमला नदिको तल्लो भेगमा जनताको तटबन्धको काम हुदैँ आएको तर माथिल्लो भेगमा त्यो काम नभएकाले सिन्धुलीमा त्यो काम अगाडी बढाउने उहाँको भनाई थियो । समृद्ध तराई मेधेस आयोजनामा सिन्धुली र उदयदपुर जस्ता भित्री मधेस छुटेकाले समेटन मन्त्रालयमा पठाईसकिएको भन्दै यसको काम पनि तिव्र गतिमा अघि बढाउने बताउनु भयो । समृद्ध तराई मधेस आयोजनामा सिचाँईका कामहरु गरिने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!