सिन्धुलीमा विप्लब समुहको अपहरणबाट शिक्षक छुटे


१३ भाद्र,२०७७
दुधौली न्युज सम्बाददाता
दुधौली / सिन्धुलीका एक शिक्षक नेकपा माओबादी विप्लब समुहको अपहरणबाट मुक्त भएका छन् । विद्यार्थीहरुलाई छात्रावृद्धि वितरण गर्दै गर्दा उनि विप्लब समुहको अपहरणमा परेका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार उनलाई प्रहरी र स्थानियको सहयोग अपहरण मुक्त बनाउन सफल भएको बताएको छ ।

  सिन्धुलीको तिनपाटन गाउँपालिकाको बाहुनतिल्पुङ स्थित तिल्पुङ डाडामा रहेको भिमसेन आधारभूत विधालयका प्रध्यानध्यापक नारायण प्रसाद भण्डारी अपहरण मुक्त भएका हुन् ।  सनिवार विहान १५ जना अपरिचित विप्लव समुहबाट अपहरणमा पर्नुभएको थियो र त्यो खबर फैलिए सँगै प्रहरी प्रशासन र स्थानीय बासिन्दाले चौतर्फी खेज्ने क्रममा शिक्षक भण्डारीलाई सकुसल अपहरणबाट मुक्त गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

      उनले दुधौली न्युज सगँ टेलिफोनमा कुराकानी गर्दै भने – “स्थानिय र प्रहरीले खोज्न थालेको खबर अपहरणकारीले थाहा पाए लगत्तै उहाँलाई तिनपाटन गाउँपालिकाको वडा नं. ८ लायोगाउँमा छोडेर अपहरणकारी भागेका हुन् । ” शिक्षक भण्डारी लाई छोडेको स्थानमा अपहरणकारीले शंकास्पद वस्तु समेत छोडेको जानकारी आएको पनि प्रबक्ता प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले बताए ।

      “सुतली बम जस्ता शंकास्पद बस्तु पनि भेटिएको घटना स्थलमा पुगेका प्रहरीले बताएको छ ” प्रबक्ता खत्रीले भने –“अपहरणमा सलंग्न भएको आरोपमा एक महिलालाई पनि पक्राउ गरिएको छ । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!