सिन्धुलीका स्थानीय तहहरु बजेट ल्याउने तयारीमा

९ असार, २०७७
दुधौली न्युज –
सिन्धुलीका स्थानीय तहहरु असार १० गते बजेट ल्याउने तयारीमा छन । मंगलवार सिन्धुलीको कमलामाइ नगरपालिका, दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, फिक्कल गाउँपालिका, तिनपाटन गाउँपालिका, मरिण गाउँपालिका र घ्याङलेक गाउँपालिकाले बजेट ल्याउने तयारी गरेका छन ।

       भोलि असार १० गते बजेट प्रस्तुत गर्ने तयारी गरिरहेका छन । गतवर्ष जस्तै सिन्धुलीका स्थानीय तहहरुले शिक्षा,स्वास्थ, रोजगारी, कृषि, पशुपालन लगायतलाई प्राथमिकतामा राखेका छन् । सञ्चार क्षेत्र भने प्राथमिकतामा पर्न नसकेको जिल्लास्थित संचारकर्मीहरुले गुनासो गरेका छन । सञ्चारको विकास र संरक्षणमा कुनै पनि स्थानीय तहले नीति, कार्यक्रम तथा बजेटमा नसमेटेको बुझिएको छ ।

दुधौली नगरपालिका स्रोतका अनुसार १ अर्ब बढीको बजेट ल्याउने तयारी भएको छ । स्वास्थ्य, कृषि, रोजगार, शिक्षा, लक्षित बजेट आउने स्रोतले बतायो ।

               उता फिक्कल गाउँपालिकाले ३६ करोड माथिको बजेट ल्याउने भएको छ । स्वास्थ्य, कृषि, रोजगारमूलक कार्यक्रम, शिक्षा, पूर्वाधार विकासलाई लक्षित गरि कार्यक्रम तय गरिएको बुझिएको छ । हरिहरपुरगढी गाउँपालिकाले ४४ करोड माथिको बजेट ल्याउने बुझिएको छ । यो गाउँपालिकाले पनि कृषि, स्वास्थ्य, पशुपालन, रोजगारी र विकास निर्माणलाई प्राथमिकता दिएको छ । उता सुनकोशी गाउँपालिकाले नीति तथा कार्यक्रम बजेटमा कृषि, स्वास्थ्य, पूर्वाधार विकास, रोजगारलाई प्राथमिकतामा राखिएको बुझिएको छ । बजेट ४२ करोड आसपास छ ।

          तिनपाटन गाउँपालिकाले स्वास्थ केन्द्रित बजेट ल्याउने बुझिएको छ । कृषि, रोजगार, पूर्वाधार विकास, शिक्षा लगाएतका क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको गाउँपालिका स्रोतले बताएको छ । तिनपाटनले ६२ करोड आसपासको बजेट ल्याउने तयारी छ । उता घ्याङलेक गाउँपालिका सिन्धुलीले २५ करोडको हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । गाउँपालिकाको मुख्य प्राथमिकता स्वास्थ्य, शिक्षा, कृषि रहेको बुझिएको छ । मरिण गाउँपालिकाले २७ करोड आसपास बजेट ल्याउँदैछ । स्वास्थ, शिक्षा र कृषि प्रार्थमिता राखेको गाउँपालिका स्रोतले बताएको छ । संचार क्षेत्रलाई ८ लाख राखेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!