सन्की सिपाई लोकार्पण


माघ १२, दुधौली न्युज –
लोकेन्द्र डहरेको सन्की सिपाई नामक मुक्तक संग्रह लोकार्पण भएको छ । दुधौलीका यूवा साहित्यकार लोकेन्द्र डहरेको सन्की सिपाई नामक मुक्तक संग्रह लोकार्पण भएको छ । लेखक तथा साहित्यकार खगेन्द्र लुईटेलले उक्त संग्रह लोकर्पाण गरेका हुन् । साहित्यपे्रमी यूवा यूवराज खड्काले प्रकाशन गर्नु भएको संग्रहको दुधौली प्रज्ञा प्रतिष्ठानको आयोजनामा दुधौली नगरपालिकाको सभाहलमा भव्य समारोह गरी लोकार्पण गरिएको होे । समारोहको अध्यक्षता प्रज्ञा प्रतिष्ठानका कुलपति दिल पौडेल रहनु भएको थियो भने प्रमुख अतिथिमा डा. खगेन्द्र लुईटेल रहनु भएको थियो ।


सिन्धुली जिल्ला दुधौली नगरपालिका वडा नम्बर १३ घर भई साहित्य सिर्जनामा तल्लीन डहरेको यो तेश्रो कृति हो । उनले यस अघि दुईओटा कृति पाठक माझ ल्याई सकेका छन् । कृति लोकार्पण कार्यक्रममा दुधौली नगरपालिकाकी उपमेयर बालकुमारी अधिकारी, नगरका विभिन्न स्थानबाट आएका साहित्यकाहरुको उल्लेख्य उपस्थिती रहेको थियो । सो अवसरमा स्थानीय कवि तथा साहित्यकारहरुले गीत, गजल, मुक्तक वाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!