संसाद यादवको लापरवाहीले सिन्धुली बासी त्रसित


१७ श्रावण, २०७७
दुधौली न्यूज सम्बाददाता

                    दुधौली / वैज्ञानिक वन छानबिन अनुगमन उपसमितिका संयोजक समेत रहनु भएका संघीय सांसद प्रदीप यादवको लापरबाहिका कारण सिन्धुलीका स्थानिय त्रसित बनेका छन् । शुक्रवार संघीय संसद यादवलाई कोरोना संक्रमण भएको पुष्टी भए सगैँ सिन्धुलीका स्थानिय त्रसित बनेका छन् ।

            संसद यादवले लापरवाही गरेको जिल्ला वन कार्यलय सिन्धुलीका प्रमुख नारायण श्रेष्ठले बताए । उलने भने — “ कि प्ररिक्षण नगरेको भए हुने स्वव परिक्षणमा दिने र क्वरेन्टाईनमा नबसी समुदाय हिड्नु नै उहाँको लावरबाही हो । ” संसद ज्यु आउनु भयो अन्तरक्रृयामा हामी पनि सहभागी भयौ एक जनप्रतिनिधिले भने — “म संगँ सम्पर्क रहेका आप्mना परिवार लगाएत गाउँका स्थानिय त्रसित छन् ।” अन्तरक्रृयामा झण्डै ५० जनको सहभागीता रहेको वन कार्यालयल प्रमुख श्रेष्ठले बताए । नियतवश संक्रामक रोग फैलाउनेलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिमाना हुने कानुनी व्यवस्था छ। नियतवश अरुलाई सारेमा, लापरबाही र हेलचेक्र्याइँ गरेमा यस्तो कैद र जरिमाना हुने व्यवस्था छ ।

             उपसमिति संयोजक यादवसहित आएको अनुगमन छानबिन टोलीले वन कार्यालय, उपभोक्ता समितिका पदाधिकारीहरु, कार्यालय प्रमुख, एवं सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो । त्यहाँ सबै बैज्ञानिक वन लागुभएका उपभोक्तहरुको उपस्थिती रहेको थियो ।

     अन्तरक्रिया सकेर संसद यादव सर्लाही गएपनि उनी सगँ आएका समितिका केहि पदाथिकारीहरु र संसदहरु भने सिन्धुलीको दुधौली नगरपालिका वडा नं. ३ का लागु गरिएको बिशालचौर सामुदायिक वनमा अनुगमनमा आएका थिए । अन्तरक्रिया कार्यक्रममा आएका सांसद यादव कार्यालय प्रमुख तथा अन्य सरोकारवालाहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका थियो ।

               मन्त्री यादवले भने आफुलाई कोरोना भाईरसको संक्रमण देखिएको भएपनि स्वस्थ्यमा समस्या नआएको एक विज्ञप्ती नै निकालेका छन । उनको विज्ञप्तीमा आफु सुरक्षित भएको कुरा उल्लेख गरीएको छ भने अन्य लाई नआत्तीन आग्रह गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!