सांसद यादव सगँ सम्पर्क रहेकाहरुको पहिचान सकियो, सनिवार बेलुका ४ बजे स्वब संकलन गरिदै


१७ श्रावण, २०७७
दुधौली न्यूज सम्बाददाता
दुधौली / वैज्ञानिक वन छानबिन अनुगमन उपसमितिका संयोजक एवं संघीय सांसद प्रदीप यादवलाई कोरोना भाइरसको पुष्टि भएपछि सिन्धुलीमा उनिसगँ सम्पर्क रहेका सबैको कन्ट्याक्ट ट्रेसिङ सकिएको छ । उनिहरुको सनिवार वेलुकी जिल्ला अस्पताल सिन्धुलीमा स्वव संकलन गरिदै छ ।

              सम्पर्कमा रहेकाहरुलाई उच्च सर्तकता अपनाउदै वेलुकी ४ वजे जिल्ला अस्पतालमा बोलाएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिए । उनले भने– “वन कार्यलयका प्रमुख, अन्य कर्मचारी, ड्राईभर, जनप्रतिनिधि र पत्रकारको समेत स्वव संकलन गरिने छ । ”
वनको अवस्था बुझ्न उपसमितिका संयोजक एवं संघीय सांसद प्रदीप यादव सिन्धुली आएका थिए । उनि स्वव परिक्षण दिएर सिन्धुली आएका हुन् । उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाले जिल्ला बन कार्यलय सिल गरी सबै सेवाहरु बन्द गरिएको डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ । नारायणी अस्पताल वीरगन्जमा शुक्रबार गरिएको परीक्षणबाट सांसद यादवमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

डिभिजन वन कार्यालयले सूचना जारी गरेर शनिबारदेखि लागू हुनेगरी कार्यालयबाट उपलब्ध हुने सबै किसिमका सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ । सूचनामा भनिएको छ, ‘अन्तरक्रिया कार्यक्रममा आएका सांसद यादव, कार्यालय प्रमुख तथा अन्य सरोकारवालाहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेकाले सेवाग्राही तथा अन्य महानुभावहरुलाई संक्रमण हुने सम्भावना भएकाले सेवा बन्द गरिएको छ ।’ उपसमिति संयोजकको टोलीका चालकलगाएयत अन्यलाई समेत कोरोना भाइरस पुष्टि भएकाले सिन्धुलीमा समेत प्रत्यक्ष सम्पर्कमा रहेकाहरुमा कोरोना संक्रमण आशंका गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!