विज्ञप्ती झुटो रहेको भन्दै अर्को विज्ञप्ती

२१ पौष,२०७७
दुधौली न्युज सम्बाददाता
दुधौली । अध्यक्षको नाममा लक्ष्मण कार्कीद्धारा प्रषित विज्ञप्ती झुटो रहेको नेकपा दुधौली नगर कमिटीले एक विज्ञप्ती मार्फत बताएको छ । मिती २०७७ पौष २० गते लक्ष्मण कार्कीद्धारा हस्ताक्षर भएको विज्ञप्ती झुटो रहेको भन्दै नेकपा माधव —प्रचण्ड पक्षले पौष २१ गते फेरी अर्को विज्ञप्ती निकालेको हो ।
विज्ञप्तीमा लक्ष्मण कार्कीद्धारा प्रेसित विज्ञप्ती सरासर झुटा,अनौतीक र गैर जिम्वेवारी पुर्ण कुरा आजको अत्याधिक बहुमत नगरकमिटी,नेता कार्यकर्ता,जनप्रतिनिधिहरुको उपस्थितिले पुष्टि गरेको जानकारी गराईएको छ । अध्यक्षको नाममा लक्ष्मण कार्कीद्धारा प्रषित विज्ञप्ती झुटो रहेको भन्दै निकालीएको विज्ञप्तीमा पौष २१ गतेको बृहत भेलामा निर्विरोध चयन गरिएको नेकपा अध्यक्ष(माधव —प्रचण्ड) तरानिधि पोखरेल र नेकपा नगर कमिटी सचिव दिपक खड्काको हस्ताक्षर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!