रोकिएन बाल शोषण

कार्तिक १७, दुधौली न्युज –

                           सिन्धुलीमा बाल शोषण रोकिन सकेको छैन् । सिन्धलीका होटल ,किराना पसलका गोदाम, फेन्सि पसल र अन्य पसल हरुमा बालबालिका लाइ श्रम शोषण गर्न रोकिएको छैन । बालबालिकालाइ काम लगाइनूका साथै बाल मजदुर राखि बाले शोषण भइरहेको खुलासा भएको छ । बाल शोषण भएको विषयमा विभिन्न सञ्चार माध्यम तथा सामाचारको माध्यमबाट सुचना गर्दा पनि अझै सिन्धुलीको होटल , फेन्सि पसल र अन्य पसल हरुमा बालबालिका लाइ श्रम शोषण गर्न रोकिएको छैन ।

सिन्धुलीको दुधौली नगरपालिकामा पनि यसको अवस्था उस्तै छ । दुधौलीका होटल तथा किराना पसलका गोदाममहरुले बाल शोषण गर्ने गरेका छन् । होटल तथा केही पसल हरुमा कामदार का रूपमा श्रम शोषण गर्नु को साथै होटलमा बाल मजदुर प्रयोग गर्ने गरेका हुन् । केहि होटेल तथा पसल ,फेन्सि पसल हरुमा काम गर्दा बाल मजदुर हरुलाई महिनाको पारिश्रमिक रु ३०००हजार देखि ५००० सम्म मात्र महिनाको ज्याला दिएको पाईएको छ । होटल तथा अन्य पसलहरुमा ११ बर्ष देखि १३ सम्म का बालबालिका हरु लाई काममा प्रयोग गरिरहेको हुन्छ ।

                  बालबालिकाहरुलाई केहि होटल तथा अन्य पसलका सञ्चालकहरुले पढ्ने उमेरका बालबालिकालाइ आर्थिकको प्रलोभनमा पारि बालबालिकाहरुको भविस्य अन्धकार बनाइरहेको स्थानियहरु बताउछन् । व्यवसायीहरु आर्थिक अवस्था कमजोर भएकाहरु काम गर्न आउने गरेको व्यवसायीहरु बताउछन् । उनिहरु जवरजस्ती जस्तो भएपनि काम गर्न तयार हुने गरेको उनिहरु बताउछ ।

           धेरै पटक सम्म पनि नगरपालिकाका अनुगमन समिति बाट अनुगमन हुदा समेत दुहबीका होटल तथा पसल हरुमा बाल मजदुर को सम्स्या जस्ताको तेस्तै रहेको पाईएको छ । नाम न खुलाउने सर्तमा एक बाल मजदुर को बयान अनुसार उनिहरुको घरको आर्थिक अवस्था कमजोर भएकै कारण काम गर्न बाध्यता भएको र सो मौकाको फाईदा उठाउन कम ज्यालामा काममा लगाई रहेको गुनासो गरेका छन् । कानुनको आधारमा बालबालिका लाई काममा लगाउँन अपराध रहेको कानुन मा उल्लेख भएता पनि केहि होटेल तथा अन्य पसलका सञ्चालकहरुले कानुन को उल्लङघन गरि बाल मजदुर प्रयोग गरिरह्दा पनि बाल अधिकारकर्मिहरु बेखबर रहेको जनगुनासो बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!