रोकिएन पटका आतंक

कार्तिक ११, दुधौली न्युज –


दुधौली / प्रशासनले पटका, भुईचम्पा जस्ता बारुदजन्य पदार्थको खरिद विक्रि गर्न र पड्काउन प्रतिबन्ध लगाएपनि तिहार नजिकिदै जांदा पटका आतंक पनि बढ्दै गएको छ । तिहार अगाबै सांझ परे पछि लगातार रुपमा पड्कीने पटकाको आवाजले दिक्क बनाउने गरेको छ । रातको समयमा समेत पटका पड्काउदा बजार क्षेत्रमा बस्नेहरुले निदाउन समेत नपाईने गुनासो गर्न थालेका छन् ।

          सिन्धुलीका ग्रामिण भेगका मुख्य बजारमै पटका पड्कीने गर्छ । पटका पड्काउनका लागि रोक लगाउने प्रशासन खुल्लेआम पटका पड्काईरहदा भने प्राय मुखदर्शक बन्ने गरेको छ । नत पटका किनबेच गर्ने ब्यापारीहरुलाई अनुगमन गर्दछ नत पड्काउनेहरुलाई कारबाहि गर्दछ । अभिभावकहरुले पनि आफ्ना बालबालिका हरुलाई पटका पड्काउन रोक लगाउने गरेका छन् ।  प्रशासनले पटका खरिद विक्रि गर्न र पड्काउन प्रतिबन्ध लगाएपनि अहिले बजारहरुमा ब्यापारीहरुले लुकाई छिपाई पटका विक्रि गरिहेका छन् भने बालबालिका तथा यूवाहरु समेत चोक चोकमा पटका पड्काएर रमाईरहेका छन् ।

 जथाभावी रुपमा पटका पड्काउदा अंगभंग हुने देखि आंखाको ज्योति सम्म गुम्ने खतरा हुनेगर्दछ ।त्येसैगरी पटका तथा भुइचम्पा जस्ता बारुत जन्य पदार्थको कारण सुरक्षामा समेत खलल पुग्ने हुन्छ । यसरी दिन दाहाडै खुलेआम चुनौती समेत थपिएको स्थानिय सरोकार वालाहरुको गुनासो रहेको छ ।
दुधौली नगरपालीकाको आसपारमा कुनैपनि हुलदंगा तथा मनोरंजनको रुपमा पटका पड्काउने, भुईचम्पा जलाउने र आतसबाजी गर्नेहरुलाई कडा कारवाही गर्न निर्देशन दिएको नगर प्रमुख घनस्याम राउतले साप्ताहिकलाई बताउनु भयो । जिल्ला प्रहरी प्रसाशन सिन्धुलीले पनि यस्ता मनोरञ्जनको नाममा पजुल खर्च नगर्न र समाजमा कुनै पनि यस्ता प्रकृतीको ब्यापार ब्यबसाय नगर्न सबै व्यवसायलाई अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!