राजपा सांसद प्रमोद साहको पक्राउविरुद्ध आन्दोलन सुरु

 

सिन्धुली/असोज २९,
दुधौली न्युज –


राजपा सांसद प्रमोद साहको पक्राउविरुद्ध आन्दोलन सुरु भएको छ । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउण्टर तोडफोडको आरोपमा पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै राजपाले आन्दोलन सुरु गरेको हो ।  विमानस्थलमा विरामीको अवस्था हेर्न नसकेर आक्रोशमा आएर तोडफोडमा गरेका सांसद साहले बताउनु भयो । उनको पक्राउको विरोधमा जनकपुरसहित विभिन्न जिल्लामा प्रदर्शन थालिएको छ ।
राजपा नेपालका नेता कार्यकर्ताले बुधबार विहान जनकपुरको रामानन्दचोकमा टायर बालेर चक्काजाम गरेका छन् । विहान ८ बजेदेखि ९ बजेसम्म १ घण्टा चक्काजाम गरी उनीहरुले सांसद साहलाई विनासर्त रिहाइको माग गरेका हुन । सांसद साह सोमबार जनकपुर विमानस्थलको वुद्ध एयरको काउण्टरमा तोडफोड गरेका थिए ।
सांसद साहलाई प्रहरीले मंगलबार दिउँसो काठमाडौंको त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरी जनकपुरमै ल्याइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!