रंगशालामा निर्माणमा गुणस्तरहिन सामाग्रीको प्रयोग

माघ १२, दुधौली न्युज –

 

  • रोहित गुरुङ –

                       दुधौली / संघिय सरकारले देशका सातवटै प्रदेशमा प्रदेश स्तरीए सुविधा सम्पन्न रंगशालाको अवधारणा ल्याएको छ । यसै अवधारणा अन्तरगत विभिन्न स्थानहरुमा खेलकुदका लागि रंगशालाको धमाधम निर्माण कार्य हुने क्रममा सिन्धुलीको दुधौलीमापनि पहिलो रंगसालाको निर्माण कार्य भइरहेको छ । तर दुधौली नगरपालिकामा निर्माणधीन अवस्थामा रहेको एक मात्रै पहिलो रंगशालामा निर्माण व्यवसायीले मनपरी तरीकाले निर्माण गरीरहेको पाइएको. छ । निर्माण योजना अनुरुप काम गर्ने भनि कामको जिम्मा लिएको पाइनस कन्स्ट्रक्सनका कर्मचारीले निर्माण योजना स्टमेट बिपरित काम गरेको पाइएको हो ।

दुधौली नगरपालिकाको कार्यलयले स्टमेट अनुसार काम गर्नको लागि पाटक पटक गरेको आग्रहलाइ पनि ब्यवास्था गरी निर्माण ब्यवसायिले यस्तो गरीरहेको छ । ओपिसि सिमेन्ट प्रयोग गर्नु पर्ने पिलर, बिमहरुमा जानाजान पिपिसि सिमेण्टको प्रयोग गर्ने, क्रसरले पेलेको गिट्टी लगाउनु पर्नेमा खोलाबाट उठाएर सिधै प्रयोग गर्ने र कम गुणस्तरको इटाका प्रयोग गर्ने जस्ता कार्य भइरहेको छ । त्येसोत सिन्धुली जिल्लाको प्रमुख जिल्ला अधिकारी जनार्धन गौतमको नेतृत्वमा आएको स्थलत अनुगमनको टोलीले रंगशालामा कम गुणस्तरको इटाको प्रयोग रहेको भन्दै पर्खाल भत्काइ सकेको थियो । टोलीलीले यसरी भत्काइएको इटा पुनः त्यहि पखालमा प्रयोग गरेको दुधौली नगरपालिका वडा नंम्बर ९ का अध्यक्ष रामकुमार अधिकारी दनुवारले वताउनु भयो ।
यता उक्त योजनाको काम हेर्न भनि खटाइएका इन्चार्ज विज्ञान सिहं दनुवार हप्तामा पनि नदेखिने स्थानियहरुले गुनासो गरेका छन् । आफ्नो नगरमा भैरहेको बिकासको बारेमा हेर्ने र जान्ने रहर भएर जादा कम्पनिका मानिसहरुले मनपरी तरीकाले काम गरीरहेको पाइएको दुधौली नगर बिकास समितिका अध्यक्ष पूर्ण बहादुर बिष्टले वताउनु भयो । यस्तै दुधौली नगरपालिकाका मेयर घनश्याम राउतका अनुसार निर्माण कम्पनिलाई अन्तिम चेतावनी दिइसकेको र फेरी पनि यस्तै पाइएमा निर्माण कार्य नै रोक्न लगाउने बताउनु भयो ।

३ नम्बर प्रदेश सरकारको १३ करोड ४३ लाख ५८ हजार ३ सय ९७ रुपैयाको लागतमा सिन्धुलीमा दुइ वटा सुविधा सम्पन्न रंगसाला निर्माण कार्य भई रहेको छ । त्यस मध्यबाट दुधौली नगरपालिकामा ६ करोड ९४ लाख ९२ हजार ४ सय ७४ रुपैयाको लागतमा निर्माण कार्य भई रहेको छ । पाइनस कन्स्टक्सनका कार्यकर्ताहरुले माथिको आदेश भन्दै निर्माणाधिन रंगशालाको जगबाट नै कम गुणस्तरको सामाग्रीको प्रयोग भएको स्थानिय सरोकारवाला र जनप्रतिनिधीहरुले जनाएको छ । कन्स्ट्रक्सनले निर्माणमा प्रयोग हुने इटा, सिमेन्ट र गिट्टीहरुमा काम गुणस्तरको सामाग्री प्रयोग भएको पाइएको हो । निर्माण कम्पनीले आफले काम गरीरहेको स्थानमा सूचना बोर्ड समेत नराखी काम गरीरहेको छ । कुनै पनि निर्माण कम्पनिले आफ्नो कार्य क्षत्रमा योजनाको स्टमेट, लागत, सुरुवात गरेको मिति समाप्त हुनु पर्ने अवधी लगायतका कुराहरु सार्वजानीक रुपमा स्पस्ट देखिने गरी यल्लेख गर्नु पर्ने प्रवधानमा उल्लेख छ ।

कम्पनिले यि र यस्ता सामान्य लाग्ने तर सबै जनताले बुझ्न र जान्न पाउनु पर्ने कुराहरु समेतमा ध्यान पु¥याएको छैन । यो योजनाको लागि सुरु देखि नै हेर्दै आउनु भएका इन्जिनियर राजन श्रेष्ठका अनुसार सार्वजानिक हितमा रहेका होस या निजि होस गुणस्तरको मामिलामा सम्झौता नहुने वताउनु भयो । हामी गुणस्तरमा सम्झौता गर्दैनौ स्टमेट अनुसनरको काम गर्ने कम्पनिलाई पटक पटक आग्रह गरेको छु । यदि निर्माण सामाग्रीमा गल्ती भेटे भुक्तानीमा समेत समस्या हुने इन्जिनियर श्रेष्ठले वताउनु भयो ।


खेलकुद बाहेक पनि बिभिन्न कार्यक्रमहरु गरीने उक्त रंगसालामा हजारौको संख्यामा मानिस रहने स्थानको निर्माणमा यसै गरी निर्माण हुने हो भने रंगसाला , मनोरंजन थला नभई मानिसको लागि निर्माण गरिएको धराप नहोला भन्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!