मेलिनाले किन जन्मघर आउने वित्तिकै आत्माहत्या गरिन


२१ पुष,२०७७
दुधौली न्युज सम्बाददाता –
दुधौली / २०७७ पौष १३ गते सोमबार विहानको राति देखिनै आफ्नो जन्म घर छाडेर हिडेकी छोरी सनिवार दिउसोँ घर आईन र साँझ उनले आत्माहत्या गरिन, घटना सुन्दा अचम्म लाग्छ । सिन्धुलीको दुधौली नगरपालिका वडा नं. ५ सिर्थौलीकी १९ वर्षिय मेलिना कुमरले पौष १८ गते शनिवार साँझ कलिलै उमेरमा आत्माहत्या गरिन् । छोरीले आत्माहत्या गरेर प्राण त्यागेपछि उनको वुवा त्रिभुवन कुमर छागामा खसे जस्तै भएका छन् । बुढेसकालमा साहारा दिने आफ्नो छोरी आईन भनेर खुसी भएको छोरी भित्रभित्र पिडाले जलेकी रहीछिन् वुवा त्रिभुवनले भने ।

           दुधौली नगरपालिका वडा नं. ६ जगाडीका हेमु ३५ वर्षिय हेमु अधिकारीले मेलिनालाई फकाई फुलाई ६ दिन बन्दक बनाएको मेलिनाका परिवारले बताएका छन् । मृतक मेलिनालाई विश्वास दिलाएर विवाहको प्रलोभनमा पारेर हेमुले भगाएको मृतकको बहिनि निरुता कुमर दनुवारले बताईन् । हेमु ३ छोराछोरीका वुवा हुन् । उनको श्रीमती छिन्, तर पनि हेमुले यौन पिपासु बनेर एलिनालाई त्यसको सिकार बनाए । हेमुसगँ विवाह गरेर सुन्दर संसार निर्माण गर्ने एलिनाको सपना जव हेमुसगँ आफ्नो घर छाडेर हिडिन सपना सबै चक्नाचुर भयो । एलिनालाई कुटपिट हुन थाल्या,े उनलाई घरमा फोन मार्फत बोल्न समेत दिएनन् । घर छाडेको २ दिन सम्म छोरी दिदिको घर गईन भन्ने सोचे तर छोरीले अर्कै निर्णय गरेकी रहिछन्, वुवा त्रिभुनले भने – “गाउँघरमा हल्ला चलेपछि भगाउने केटा यही जगाडीको भन्ने थाहा पाए, नत्र पहिले केटाले हेटौडा घर रहेको र तपाईको छोरी सकुसल रहेको बताउने गरेको थियो । ”

     उता, एलिनाकी साथिहरु हेमुले आफु ईञ्जिनियर भएको विवाह नगरेको भन्दै एलिनालाई माया जालमा पार्ने गरेको बताउछन् । म काठमाण्डौमा पढ्छु, काम गर्छु तिमीलाई राम्रोसगँ पाल्छु भन्दै एलिनालाई पहिले देखीनै लोभ देखाउने गरेको साथि तथा एलिनाको छिमेकी समेत रहेकी सब्नव अधिकारीले बताईन् ।

यसरी बन्दक बाट मुक्त भईन एलिना

               पुष महिनाको १३ गते विहान एलिनाले हेमुसगँको सुन्दर संसारको परिकल्पना गरेर आफ्नो जन्मदिने वुवा आमालाई छाडेर भागी विवाहका लागि हेमुसगँ यात्रा तय गरिन । उनको सुन्दर संसारको परिकल्पना जव हेमुसँग पुगिन त्यही देखी सपना सपनामै साकार भयो । घर छाडे पछि कता पुगे हेमु र एलिना कसैलाई थाहा छैन् । लाने हेमु बताउदैन् भने जाने एलिनाले यो संसार छाडेर भगवानको प्यारो बनिन् ।

         बुवालाई यति थाहा छ हेमुले छोरीलाई काठमाण्डौ लगेका रहेछन्, त्यो पनि हेमुले फोन मार्फत कुरा गर्दा यो थाहा पाएका थिए । एलिनाका वुवा त्रिभुवनले छोरी खोज्ने क्रममा धेरैसगँ हारगुहार मागे वडा अध्यक्षसगँ सल्लाह गरे । त्रिभुवनलाई छोरीको मोवाईलबाट फोन आउदा छोरी हेटौडा रहेको र छुरक्षित रहेको मात्र भनिन्थ्यो तर छोरीसँग कुरा गर्न कहिल्यै दिदैन्नथेँ । जव त्रिभुवनलाई छोरी जगाडीका हेमुले लगेको भन्ने थाहा भयो तव मात्र छोरी हेटौडा हैन काठमाण्डौँ लगिएको थाहा पाए ।

                      ३ छोराछोरीका वुवाले आफ्नो छोरी लगेको भन्ने थाहा पाए पछि त्रिभुवनले छोरी फिर्ता गर्न धेरैसँग आग्रह गरे । हेमुका परिवारले वेईजत हुने भन्दै छोरी फिर्ता गर्ने सहमती भए । सनिवार काठमाण्डौबाट टाटा सुमोमा छोरी घर आएको भन्ने त्रिभुवनलाई हेमुले बताए । तर कहिले खोक्सा कहिले जगाडी कहिले कटारी भन्ने दोधारे कुराले त्रिभुवनलाई हेमुले सास्ती दिए । एलिनाका वुवा छोरी लिन कता जाने अलमल्लमा परे, पछि दुधौली ४ खनियामा सुमोमा ल्याईदिने बताए पछि उनी खनियागए झण्डै २ घण्टा त्यहाँ बसे पछि सुमो आयो । त्रिभुवनले सुमोमा छोरी देखेँ । म छोरीलिन धेरै वेर बसेँ, वुवा त्रिभुवनले भने – सुमोमा छोरी देखेपछि हर्षले आसुनै आयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!