भुल्के दुधौली कपको क्वाटरफाईनल प्रवेश

असोज १३, दुधौली न्युज –

कटारी नगरपालिका ५ भुल्के दुधौली कप २०७६ को क्वाटरफाईनल प्रवेश गरेको छ । ट्राईवेकरमा दुधौली नगरपालिका टिमलाई २ का विरुद्ध ४ गोल गर्दै भुल्के क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

शुरुवाती चरणमा खेल निकैनै प्रतिस्पर्धात्मक रहेको थियो । खेलको पहिलो हाफमा नगरपालिकाले पहिलो गोल गर्न सफल भएको थियो भने दोश्रोे हाफमा भुल्केका खेलाडीले गोल गरेसगैँ खेल बराबरीमा आएको थियो । खेल बराबरी भएपछि ट्राईवेकरमा थकेलीएको हो । दुधौली एकता युवा क्लवको आयोजनामा भएको दुधौली कप २०७६ मा २२ टिमको सहभागिता रहेको थियो । हाल दोश्रो चरणका खेलहरु भईरहेको छ ।

बुधवार दुधौली ए र पत्रिङ्गा विच दिउँसो ३ बजे देखि खेल हुने दुधौली एकता युवा क्लवका सचिव दिपेन्द्र महत्तोले जानकारी दिए । खेलको विजेताले ५० हजार सिल्ड मेडल र प्रमाण पत्र प्रप्त गर्ने छन् भने उपविजेताले नगर २५ हजारका साथमा सिल्ड मेडल र प्रमाण पत्र प्रप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!