बजेटको अस्पष्टताले निर्माणमै समस्या , छलफलले दियोे निकास


०६ फागुन,२०७७
दुधौली न्यूज सम्बाददाता –
सिन्धुली माढी / जिल्लाको कमलामाई नगरपालिका–१० धामिडुम्रियामा रहेको प्रगतिशिल माध्यामिक विद्यालयमा खानेपानीको निकै समस्या परेको थियो । खानेपानीको सुविधा नहुदाँ विद्यालय परिवारलाई निकै नै समस्या परेपछि विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रधानाध्यापक सहयोगको खोजिमा चिनेजानेका नेता तथा स्थानीय तह, अन्य सहयोगी संघसंस्था धाउन थाले । उनीहरु यसरी भौतारिदै जाँदा २०७२ सालको भुकम्प पछि क्षति पुगेका सामुदायिक विद्यालयहरुको पूर्न निर्माण गर्नका लागी जिल्लामा स्थापना भएको जिल्ला आयोजना कार्यान्वय ईकाई (शिक्षा) कार्यालयमा आई पुगे । उनीहरु यस कार्यालयमा आएपछि कार्यालयले उक्त विद्यालयमा खानेपानीको व्यवस्थापन गर्नका लागी विद्यालयसँग लिखित सम्झौता समेत ग¥यो र सम्झौता पछि पहिलो किस्ता बापतको एक लाख पाँच हजार रुपैया रकम विद्यालयको बैक खातामा भुत्तानी समेत भयो ।

            आयोजना कार्यालयले पहिलो किस्ता वापतको रकम पेश्कि स्वरुप निकासा दिएपछि विद्यालयका प्रधानाध्यापकले सम्झौता अनुसार विद्यालयमा खानेपानीको जोहो गर्न तर्फ लागे । आयोजनाको स्टमेट अनुसार खानेपानीको व्यवस्थापनको काम आधाउदी भएपछि उनी एका एक छागाँबाट खसेजस्तो भए । उनी दोस्रो किस्ता वा काम सम्पन्न भई सकेको विल बनाएर पेश्कि लिन आउदाँ कार्यालयले यो योजना तपाईको विद्यालयमा परेको छैन, खानेपानी योजना संचालन गर्नका लागी तपाईको विद्यालयको नाम नै छैन भने पछि उनी झन अतालिए । यस पछि उनी यो समस्या कहाँ र कसरी पोख्ने भन्नेमा लागे । यसैक्रममा मिती २०७७।९।१३ गते सोमबार का दिन भूकम्प पछिको पूननिर्माणमा सदाचार कार्यक्रम अन्र्तगत ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालले कमलामाई नगरपालीका र दुधौली नगरपालीकाका विभिन्न विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक, जिल्ला आयोजना कार्यान्वय ईकाई( शिक्षा) का कार्यालय प्रमुख, ईन्जिनियर, प्राविधिकहरु , पत्रकार सहितको बृहत छलफल कार्यक्रमको आयोजना ग¥यो । त्यस पछि प्रगतिशिल माध्यामिक विद्यालयका प्रधानाध्यापक भुजेलले आफुमाथि परेको अन्याय र धोकाको विषयमा खुलेर कुरा राख्ने ठाउँ पाए । प्रधानाध्यापक भुजेलले जब उक्त छलफल कार्यक्रममा आफ्नो समस्या राखे त्यसपछि कार्यालयका प्रमुख विष्णु प्रसाद भट्टराई र ईन्जिनियर शेरवहादुर पुझारा नतमस्तक बने ।

              प्रधानाध्यापक भुजेलले राखेको समस्याका विषयमा बुझ्नका लागी आयोजनाका प्रमुख र ईन्जिनियरले उसै दिन प्रगतिशित माध्यामिक विद्यालयको स्थलगत अवलोकन गरी विद्यालयमा निर्माण गर्ने भनिएको खानेपानी आयोजना पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । यसरी ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालले कार्याक्रमको आयोजना गरी सम्वन्धित निकायलाई छलफलमा राखी खबरदारी गरेको भन्दै प्रधानाध्यापक भुजेलले धन्यवाद समेत व्यक्त गरे । यस्तो समस्या अन्य विद्यालयहरुमा पनि देखिएका छन । कमलामाई नगरपालिका–१२ मा रहेको कुण्डेश्वर माध्यामिक विद्यालयमा पनि पूर्न निर्माण सम्वन्धि समस्या पैदा भएको थियो । विद्यालय पूर्न निर्माणमा समस्या पैदा भएपछि कहाँ गएर अन्य विद्यालयका साथीहरुसँग र प्राविधिकहरु सामुहिक छलफल गर्ने होला भनेर छरपटाएका यस विद्यालयका प्रधानाध्यापक मदनप्रसाद काफ्लेले पनि यस छलफल कार्यक्रमले आफुलाई ठुलै अवसर दिईएको भन्दै ट्रान्र्सपरेन्सी ईन्टरनेशनल नेपाल सम्पर्क कार्यालय सिन्धुलीलाई धन्यवाद व्यक्त गरे । विद्यालयको पुर्न निर्माणको समयमा प्राबिधिक ज्ञान नहुदा निकै समस्या परेको थियो ।

           स्थानीय स्तरमा प्राप्त ढकर्मीलाई समेत प्रबिधिक ज्ञान नहुदा बिद्यालयको भबन तथा शौचालय निर्माणमा समस्या परेको थियो, अव कहाँ बाट कस्ता डकर्मीहरु ल्याउने र कसरी निर्माण गर्ने भन्ने विषयमा आफुहरुलाई उक्त छलफल कार्यक्रमले निकै नै सहयोग पु¥याएका काफ्लेले बताए । काफ्ले मात्र नभएर कमलामाई माध्यामिक विद्यालय कमलामाई नगरपालिका–८ करकरेका प्रधानाध्यापक कमलवहादुर थापाको पनि भोगाई उस्तै छ । प्राधिकरणले बिद्यालयको पूननिर्माणको लागी बिद्यालयको ब्यबस्थापन समितिसंग सम्झौता गरेको समयमा नै रकम निकासा आफूहरु समस्यामा परेको गुनासो गरे । भौगोलिक बिकटता र कोभिडको समस्याको कारण अषारमा सम्झौता भएतापनी काम सूरु असोज कार्तिकबाट मात्र सूरु भएको र पौष मसान्तसम्म सम्पन्न गर्न कठीन भएको उनले बताए आफुहरु समस्या पर्दा खेरि पनि सामुहिक समस्या ,सामुहिक निकास निकाल्ने निकाय सँगै वस्न पाउने अवस्था सृजना गरी समाधान गर्न सहयोग पु¥याएको भन्दै थापाले टिआई नेपाललाई धन्यवाद समेत व्यक्त गरे ।

      छलफल कार्यक्रममा कार्यालयले प्राबिधिक सेबा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेपछि अहिले समयमा नै प्राविधि सेवा पाएको भन्दै यस्ता छलफल निकै प्रभावकारी सिद्ध भएको थापाले बताए । मापदण्ड अनुसारका निर्माण सामाग्री दक्ष डकर्मीहरु ब्यबस्थापन गर्ने जिम्मेबारी बिद्यालयकै रहेको र केही समस्या परेमा फील्डा प्राबिधिकसंग सम्पर्क गर्न कार्यालयले अनुरोध समेत गरेको र अहिले आफुहरुलाई समस्या परेको बेला प्राविधिकहरु उपलव्ध हुने गरेका छन,थापाले भने । हाल बिद्यालयको स्वरुप नै परीबर्तन भएको छ । गाउँघरमा अहिले सबैभन्दा ठूला र राम्रा देख्ने भवन कुनै छन भने त्यो सामुदायिक विद्यालयहरुकै भवन हो । अहिले गाउँघरमा जाने जो केहीले पनि परैबाट देख्ने चिटिक्क परेको भौतिक संरचना भनेकै बिद्यालय हो, अहिले गाउँघरमा विद्यालयको भवन चिन्हका लागी कुनै समस्या हुने गरेको छैन । प्राबिधिक र शिक्षकको राम्रो सम्बन्ध राख्न र गुणस्तरीय निर्माण र पारदर्शी ब्यबहार गर्न सक्ने हो भने साँचो आर्थमा ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालले आयोजना गरेको छलफलको सार्थत्ता हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!