फोन उठाउदैनन् कार्यकता

१४ पौष, २०७७
दुधौली न्युज सम्बादाता
दुधौली /सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी दुई भागमा विभाजन भएसगँै दुबै पक्षले फरक फरक किसिमका कार्यक्रमहरु गर्दै आएका छन् । धेरै भन्दा धेरै कार्यकता सडकमा उतार्न दुवै पक्ष जुटीरहेका छन् । यो क्रम चलिरहदाँ सिन्धुलीमा भने नेताहरुको फोन कार्यक्रताले उठाउन छाडेका छन् ।

            सिन्धुलीमा ओली पक्ष एक धारमा उभिएर कार्यक्रमहरु गरिरहेको छ भने दाहाल नेपाल पक्ष अर्को धारमा उभिएर कार्यक्रमहरुको आयोजना गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे सगैँ नेकपाका नेताहरु दुईधारमा उभिएका हुन् । ओली पक्ष काम गर्न नदिएको भन्दै संसद विघटन गरेर निर्वाचनमा जाने निर्णय गरेको छ भने दाहाल नेपाल पक्ष यो असंवैधानीक कार्य भएको भन्दै संसद व्यूताउनु पर्ने मागमा छ ।

             ओली पक्षले युवा संंघका सह संयोजक एवम् पूर्व मन्त्री महेश बस्नेतलाई बोलाएर युवा विद्यार्थीका नाममा सिन्धुली सदरमुकाममा आफ्नो उपस्थिति जनाइसकेपछि दाहाल नेपाल समूहले पनि सदरमुकाममा आफ्नो उपस्थिति जनाउन जिल्ला स्तरीय कार्यक्रम आयोजना गरिएको दाहाल नेपाल पक्षमा खुलेरै लागेका एक नेताले बताएका छन् । कार्यक्रममा सहभागीताका लागि दाहाल नेपाल पक्षले स्थानीय तहका वडाध्यक्षहरुलाई फोन गरेर कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ । शिर्ष नेताहरुले आफ्नो निर्वाचन क्षेत्रबाट अधिकतम् सहभागिता गराउनका लागि स्थानीय पार्टी कमिटीका सदस्य एवम् वडा सदस्यहरुलाई फोनमार्फत सम्पर्क गर्नुभएको दुधौलीका एक वडा अध्यक्षले बताएका छन् । तर उनले पार्टी विभाजन हुने कार्यक्रममा आफु सहभागि नहुने जानकारी दिएको बताएका छन् । जिल्ला स्तरिय कार्यक्रम भव्य हुनेमा दाहाल नेपाल पक्ष ढुक्कछ ।

            त्यस्तै स्थानीय पालिका पार्टी कमिटीलाई ओली पक्षले गाउँमा भएको कार्यक्रममा सहभागी गराउन सजिलो हुने भन्दै पालिका स्तरमैं कार्यक्रम आयोजना गरेको बताउँदै आएको छ । विगतमा गाउँ गाउँबाट स्थानीय नेता र कार्यकर्तालाई सदरमुकाम ल्याउने र लैजाने खर्चिलो कार्यक्रम गर्नुभन्दा स्थानीय स्तरमैं गरिएका कार्यक्रम बढी प्रभावकारी हुने निश्कर्ष निकालेका हुन् ।

                   उता, ओली पक्षधरले पनि फोन गरेको ति वडा अध्यक्षले बताएका छन् । सिन्धुली गोलोन्जोर गाउपालिका वडा नं. ४ तिनकन्याका नेकपा सर्मथकहरुले त निर्णय नै गरेर कुनै पनि कार्यक्रममा सहभागी नहुने बताएको छ । नाम नवताउने सर्तमा एक स्थानिय नेताले भने दुवै पक्षबाट फोन आएको छ, हामीले फोन उठाएका छैनौ । विचार सिद्धान्त, विकास सम्वृद्धिका लागि पार्टीलाई एक ढिक्का बनाउनु पर्छ अहिले कुन कुन नेताहरुले कमजोरी गरेका छन्, त्यो सबै कुरा कार्यकर्ता तहलेसमेत बुझिसकेका छन् ।

               दुवै पक्ष आफ्ना समर्थक धेरै देखाउने रणनीतिमा लागेको देखिन्छ । समस्या पर्दा त हामीनैं चाहिन्छ, अरु कसैले केही गर्न सक्तैन भन्दै दाहाल नेपाल पक्षले अहिले स्थानीय पार्टी कार्यकर्तालाई आफ्नो पक्षमा आकर्षित गराउने प्रयत्न थालेको छ । दाहाल नेपाल पक्षको कार्यकर्ता आफ्नो पक्षमा तान्ने मन्त्रका अगाडि ओली पक्षभने कमजोर मानिन्छ । तर ओली पक्षले भने विभाजनले पूर्ववर्ती समूहमा कुनै ठूलो असर नपर्ने निश्कर्ष निकाल्दै त्यसको २० प्रतिशत असर परेपनि त्यसले जिल्लामा खासै प्रभाव नपार्ने ठम्याउँदै आएको छ ।

                               सिन्धुली जिल्लामा नेकपा औपचारिक रुपमा दुई चिरा हुने अबस्थामा पुगेपछि केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य मात्रै होइन, पालिका कमिटी र वडा तहसम्म विभाजन हुने देखिएको छ । आईतवार दुबै पक्षले आयोजना गरेको कार्यक्रममा सहभागिता जनाउने स्थानीय नेता कार्यकर्ताहरुलाई आ आफ्नो पक्षमा रहेको भन्ने बुझाई ओली र नेपाल दाहाल पक्षले बनाउने देखिन्छ । तर सिन्धुलीका इमान्दार र निष्ठावान स्थानीय नेकपाका नेता कार्यकर्ताको ठूलो समूह जसले स्थानीय समुदायमा पार्टीलाई टिएकाएका छन्, उनीहरु भने कार्यक्रममा सहभागि नहुने देखिएको छ । जिल्ला तहबाट नेताहरुको फोन आउन थालेपछि वडाध्यक्षहरुले फोन उठाउनै छाडेका छन् । यसले पनि के देखाउँदछ भने विगतमा आफ्नो पक्षका नेता जता लाग्यो कार्यकर्ताहरु त्यसकै पछाडि लाग्ने परम्पारा भने यसपटक देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!