प्रचार प्रसारको पर्खाईमा दुधौलीको गेरु (झोझ) झरना

२९ भाद्र,२०७७
दुधौली न्युज / रविन्द्र भट्टराई –

                   दुधौली / आवश्यक पूर्वाधार र उचित प्रचार प्रसार नहुदाँ सिन्धुलीको दुधौली नगरपालिकामा रहेको गेरु (झोझा) झरना ओजेलमा परेको छ । झण्डै २ घण्टाको पैदल पछि पुगिने गेरु झरना रात दिन निरन्तर झरिरहन्छ । टाढाबाट जँगलको विचमा देखिने झरना सिमलको भुवा खने जस्तै पानी खसि रहन्छ । पुग्नै लाग्दा सवैका आँखा एक पटक झरना तर्फ आकर्षीत हुन्छन् । मन लोभ्याउछ ।

              पर्यटकीय विकासको प्रचुर सम्भावना देखिए पनि प्रचारप्रसार र पूर्वाधार विकास नहुँदा गेरु झरना ओझेलमा परेको हो । प्रचार–प्रसार नहुँदा गेरु झरना अझै ओझेलमा परेको छ । जसका कारण पर्यटक भने कम नै पुग्ने गरेको स्थानीयको गुनासो छ । गेरु झरना क्षेत्रमा पूर्वाधार विकास गरी यसलाई व्यापक प्रचारप्रसार गरेमा यसले आर्थिक विकासका लागि ठूलै सघाउ पु¥याउनेमा कुनै दुईमत छैन । सरोकारवाला पक्षले यस क्षेत्रको विकासमा जोड दिन आवश्यक रहेको र यसमा सबैले सहयोग गर्नुपर्ने स्थानीय बताउँछन् ।उसो त जनप्रतिनिधि पनि बेलाबखत यस क्षेत्रको विकास गर्ने प्रतिबद्धता बेलाबखत गरिरहेका छन् । तर आजसम्म यस ठाउँले विकासको अनुभूति गर्न पाएको छैन न त यहाँका स्थानीयले त्यसबाट संभावित प्रतिफल प्राप्त गर्न सकेका छन् । झण्डै २ घण्टाको पैदल पछि थकान शरीर गेरु झरना पुगे पछि छुट्टै आनन्द महशुस हुन्छ ।

                 दुधौली नगरपालिका वडा नं. ४ डकाहा बजार बाट झण्डै एक किलोमिटर सवारी साधनमा यात्रा गरेपछि झण्डै २ घण्टा पैदल अनि पुगिन्छ गेरु झरना । तमोर खोलाको शिर गेरु झरना शिव शक्ती समुदायिक वन भित्र पर्छ । गेरु झरनालाई दनुवार भाषाबाट झोझा पनि भन्ने गरिन्छ । प्रायः दनुवार समुदायले झोझा भन्ने गर्छन् । दुधौली नगरपालिका दनुवार समुदायको बाक्लो बस्ती भएको नगरपालिका हो ।  पछिल्लो समय स्थानिय यूवाहरुको पहलका कारण गेरु झरना आन्तरिक प्रर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको छ ।

       करीब १०० मिटर अग्लो स्थानबाट झरेको झरनाको मनोरम दृश्य हेर्ने आन्तरिक प्रर्यटकहरु बढि देखिन्छन् । आन्तरिक प्रर्यटकहरुलाई आवजजावजमा सहज बनाउन वेलावेलामा स्थानिय यूवाहरुले झाडी सफाई गर्ने गरेका छन् । दुधौलीमा रमाइलोका लागि गेरु झरना सिन्धुलीकै उत्कृष्ट गन्तव्य हो । स्थानीय सरकारले गेरु झरनाबारे जानकारीमूलक सूचनाबोर्ड राखिदिन स्थानिय लिल बहादुर विश्वकर्मा आग्रह गर्छन् । यति गरे आन्तरिक तथा बाह्यि पर्यटकलाई प्रर्यटकिय स्थाल गेरु झरना सम्म पुग्न सहज हुने विश्वकर्माको बिश्वास छ ।

प्रर्यटकिय स्थालसम्म पुर्याउने प्रयाप्त बाटो नहुँदा गेरु झरना जस्ता प्रर्यटक स्थल गुमनाम जस्तै बनेको स्थानीय यूवा किरण बुढाथोकीले गुनासो गरे । बुढाथोकीले प्रचार–प्रसार र प्रर्बद्धन हुन नसक्दा गेरु झरना ओझेलमा परेको बताए । आवत जावत गर्ने धेरै जसो आन्तरिक प्रर्यटकले गेरु झरनाको प्रशंसा गर्ने गरेको स्थानियहरु बताउँछन् । पछिल्लो समय बिदाका दिन तथा साथी भाई झरनाको दृश्य हेर्न, तस्बीर खिच्न गेरु झरना पुग्ने संख्यामा बृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!