पक्की पुल ९१ प्रतिशत सम्पन्न


माघ १२, दुधौली न्युज–
उदययपुरको खोक्सा र सिन्धुलीको दुधौली बजार जोड्ने पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यी दुई बजारको बीचमा पर्ने घोडाबजारस्थित तावाखोलामा बनेको पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।  पुलको निर्माणको काम ९१ प्रतिशत सकिएको पुल निर्माणको जिम्मा पाएको लुम्बिनी शान्ति जेभि कन्स्ट्रकसनले जनाएको छ ।

कुल ४२ करोड ८० लाख ५० हजार लागतमा निर्माण थालिएको पुल आगामी २०७७ मसान्तभित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने भए पनि पुलको काम माघ महिनामौ सकिने कन्स्ट्रक्सनका इन्चार्ज हरी कार्कीले बताउनु भयो ।  ४ सय मिटर लम्बाई तथा साँढे १० मिटर चौडाई भएको पुलमा जम्मा ८ स्पान निमार्ण गर्नु पर्ने भएपनि पुलको एक स्पानको स्ल्याव डलानको काम मात्र बाकिँ रहेको छ । पुलको काम माघ महिनामै सकिएपनि बाटो निमार्णमा समय लाग्ने भएकाले सम्पुर्ण काम बैशाख सम्ममा सकिने कन्ट्रक्सनका ईन्चार्ज कार्किले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!