न्यायको खोँजी गर्दै प्रहरी कार्यलयमा आमा

असार ६ गते उनले छोरा जन्माइन्। तर, त्यसको १२ दिनमै उनको कोख रित्तियो । कोख रित्तियपछि उनी भावविहिल छिन् ।

११ श्रावण, २०७७
दुधौली न्यूज सम्बाददाता
दुधौली / आफ्नै श्रीमानले छोरा मारेको भन्दै श्रीमती प्रहरी सामु न्यायको खोजीमा जिल्ला प्रहरी कार्यालय सिन्धुली पुगेकी छिन् । सिन्धुलीको दुधौली नगरपालिका वडा नं. १३ भित्रीयामा यस्तो घटना घटेको हो । जहाँ शिशु जन्मेको १२ दिन पछि शिशुको आमा नभएको समयमा मृत्यु भयो र घरका सबै मिलेर छिमेकमा थाहा नदिई शिशुको शब गाडियो । शिशुको संकास्पद मृत्यु भएको भन्दै एक युवती अहिले प्रहरी सामु न्यायको गुहार मागेकी छिन् । उनले आफ्नै श्रीमानले शिशुको हत्या गरेको आरोप लगाएकी छिन् ।

गत असार २३ गते आमा पक्षले उजुरी दिए पछि प्रहरीले मृतक शिशुको सब गाडेको स्थानबाट ५ दिन पछि निकालेको हो । मृतक शिशु असार ८ गते जन्मिएका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्याम बहादुर खत्रीले घटना अगाडि भएको भएपनि लकडाउनका कारण प्रहरीकोमा ढिलो गरी उजुरी परेको बताए । प्रहरीसमक्ष उजुरी परेपछि अनुसन्धानका लागि पोस्टमार्टम गर्न सिन्धुली अस्पताल लगिएको थियो । यता सिन्धुली अस्पतालले शव पोस्टमार्टम गर्न विशेषज्ञ डाक्टरकोमा लानुपर्ने बताउँदै काठमाडौं शिक्षण अस्पताल रिफर गरिदिएको थियो । असार १८ गते उक्त बालकको मृत्यु भएको पीडित महिलाको बुबा ज्ञानबहादुर तामाङले जानकारी दिए । माइती पक्षले हत्याको आशंकामा उजुरी दिएपछि अनुसन्धानका लागि प्रहरीले गाडिएको स्थानबाट शव निकालेको थियो । मृतक शिशुको बुबा पक्षले चाहिँ शिशु कालगतीले मरेको जिकिर गरेको छ । तर उक्त शिशुका आमा पक्षले भने हत्याको आशंका गर्दै प्रहरीमा उजुरी दिएका छन । स्वस्थ जन्मेको बच्चा एका एक मर्नु संकास्पद रहेकाले हामीले बुझ्न चाहेको सुत्केरी महिलाका पिता ज्ञानबहादुर तामाङले बताए ।

परिवारले षड्यन्त्र गरी छोराको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा असार २३ गते उजुरी दिएकी छन्। तर, प्रहरीले घटनाबारे छानबिन गर्न ढिलाइ गरिरहेको पीडित पक्षको गुनासो ,

असार ६ गते उनले छोरा जन्माइन्। तर, त्यसको १२ दिनमै उनको कोख रित्तियो । कोख रित्तियपछि उनी भावविहिल छिन् । असार १८ गते बारीबाट फर्किंदा स्वस्थ छोराले प्राण त्यागिसकेको थियो। श्रीमान् रमेश तामाङको परिवारले उक्त घटना गराएको पीडित युवतीको दाबी छ।  २०७६ सालको दसैंको रमझममा स्थानिय रमेश खाना खान ती युवतीका घरमा पाहुना आए । रमझमकै मौका छोपी रमेशले ती युवतीको अस्मितासँगै खुसी खोसे र जबरजस्ती करणी गरे । दिन वित्तदै गयो तर उनले त्यो घटना परिवार समक्ष राख्न सकिनन् । तर, उनको पेटमा बच्चा हुकर्दै थियो ।  पेटको आकार बढेपछि स्थानियको सोधखोँज गर्दा रमेशको भन्ने थाहा भयो । र, गर्भ रहेको ८ महिनापछि रमेशलाई ति युवती जिम्मा लगाईयो । बैशाख २८ मा रमेशले जिम्मा लिए पनि परिवारले बुहारी स्वीकार गरेनन् । कारण थियो केटीको आमा परियार बुवा तामाङ्ग । युवती दलित भएकै कारण स्वीकार भएन र घर पर छाप्रो बनाएर राखीयो ।

  • घटना यस्तो रहेछ ।

    ‘म असार १८ गते दिउँसो छोरो समाएर छाप्रोमा बसेकी थिएँ। आमाजूले मलाई बारीमा घाँसको भारी धकेल्न बोलाउनुभयो’, पीडित महिलाले भनिन्, ‘त्यसपछि म छोरोलाई कोक्रोमा सुताएर आमाजू भएको ठाउँमा गएर फर्किंदा मेरो कोख रित्तिसकेको रहेछ।’ कहिल्यै नबोल्ने आमाजूले त्यस दिन फोन गरेको उनको भनाइ छ। ‘म जाँदा घाँसको भारी नै हालेको रहेनछ। दिदीले मलाई केही समय त्यहाँ अल्मलाएर राख्नुभयो’, उनले भनिन्, ‘पछि घर आएर हेर्दा कोक्रोमा छोरोलाई ओढाएको कम्मल पनि भुइँमा फ्याँकिएको थियो। घाँटीमा नीलडाम थियो। नाकबाट पानी बगेको थियो। मैले हारगुहार गरेर आफन्तलाई खबर गर्दै थिएँ। तर, आमाजूलगायत परिवारले बच्चालाई लगेर खाल्टोमा पुरिहाले।’ शिशुको शव घरभन्दा एक सय मिटर तल लगेर गाडिएको थियो।

               उनले श्रीमान् रमेश र २५ वर्षीया आमाजू टीका तामाङसहित परिवारले षड्यन्त्र गरी छोराको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा असार २३ गते उजुरी दिएकी छन्। तर, प्रहरीले घटनाबारे छानबिन गर्न ढिलाइ गरिरहेको पीडित पक्षको गुनासो छ। युवतीकी बुवा ज्ञानबहादुर तामाङले भने – ‘छोरीले सुत्केरी हुँदा खान पाइनँ भनेपछि चामल, तेल र एउटा कुखुरा पु¥याएर नातिलाई हेरेर फर्केको थिएँ’, । ‘बच्चा मारिदिए भनेर रुँदै फोन गरेपछि छोरीको घरमा पुग्दा बच्चालाई खाल्डोमा पुरिसकेका रहेछन्। उनले भने ’ घटनापछि भावविहल अवस्थामा रहेकी युवतीलाई रमेशको परिवारले अस्पताल लैजान पनि सहयोग नगरेको उनले सुनाए। ‘दुधौली अस्पतालमा छोरीको उपचारपछि २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका हौं’, उनले भने, ‘आशा छ, न्याय पाइन्छ।’

उता, केटा पक्षले भने उक्त आरोप अस्वीकार छ । आरोपित रमेश र उनका बुवा लोकबहादुर तामाङले ‘बालकको के कति कारणले मृत्यु भयो, हामीलाई थाहा छैन, हामीले अपराध गरेका छैनै ।

पीडित र माइती पक्षले असार २० गते प्रहरी चौकी दुधौलीमा उजुरी गरेका थिए। घटना जबरजस्ती करणी र बालकको मृत्यु शंकास्पद भएपछि जिल्लामै उजुरी दिन पठाइएको दुधौली प्रहरी चौकी इन्चार्ज प्रकाश थापाले बताए। प्रहरीले स्थानीयको रोहबरमा असार २५ गते शिशुको शव निकालेर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाएको सिन्धुलीका प्रहरी प्रवक्ता श्यामकुमार खत्रीले बताए। प्रवक्त खत्रीले भने – “उजुरीपछि रमेशलाई बोलाएर सोधपुछ गरिएको, उनलाई आवश्यक परेको बेला हाजिर हुने गरी कागज गरेर छाडिएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!