नेपालका सर्वा्धिक सफल क्रिकेटर लामिछानेमाथि कर छलेको आशंकामा अनुशन्धान शुरु

कार्तिक २६, दुधौली न्युज –

            नेपालका सर्वा्धिक सफल क्रिकेटर लामिछानेमाथि कर छलेको आशंकामा अनुशन्धान शुरु गरीएको छ । नेपालका सर्वाधीक सफल क्रिकेटर सन्दीप लामिछानेले भर्खरै करिब ६ करोड रुपैयाँमा भव्य बंगला किनेका छन् । नयाँ बंगला खरिद गरेसँगै उनमाथि समस्या समेत थपिएको छ । उनी करको लफडामा पर्ने देखिएको छ । आन्तरिक राजस्व विभागले उनको आय र करको विवरणमाथि छानबिन थालेको आजको दृष्टि साप्ताहिकले समाचार लेखेको छ ।
६ करोडमा घर खरिद गरेको समाचार आएपछि विभागले छानबिन थालेको हो । स्रोतका अनुसार आयको तुलनामा निकै थोरै मात्र कर तिरेको पाइएपछि छानबिन थालिएको हो । आर्थिक बिधेयक २०७६ अनुसार अविवाहितको हकमा ४ लाख रुपैयाँसम्म १ प्रतिशतको दरले वर्षमा ४ हजार रुपैयाँसम्म कर तिरे पुग्छ । जसअनुसार २१ लाख आम्दानी हुनेले ४ लाख ८० हजार रुपैयाँ कर तिर्नुपर्ने हुन्छ । सन्दीपले पछिल्लो एक वर्षमै दुई करोड भन्दा धेरै आर्जन गरेका छन् । त्यसको करिब ४० लाख रुपैयाँ उनले तिर्नुपर्ने हुन्छ ।

                 जसअनुसार उनले एक वषैमै करिब ४० लाख रुपैयाँ कर तिर्नुपर्ने हुन्छ । तर, उनले थोरैमात्र कर तिरेका छन् । यो वर्ष त उनको कमाई करिब तीन करोड नाघ्ने देखिएको छ । टि टेनदेखि अष्ट्रेलियाको बिग ब्यास तथा इंल्याण्डको एक प्रतियोगितामा समेत उनी छानिएका छन् । इंल्याण्डमा हुने नयाँ फम्र्याटको खेल द हन्ड्रेड बलमा उनी एक लाख पाउन्ड(एक करोड ४७ लाख रुपैयाँ) मा अनुबन्धित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!