नदि नियन्त्रणको काम भएपछि कमलाखोँच बासि खुशी


०६ फागुन,२०७७
दुधौली न्युज सम्बाददाता –
दुधौली / वषैँ देखि कमला नदिको कहर खेप्दै आएका दुधौलीका स्थानियहरु नदि नियन्त्रणको काम सुरु भएपछि कमलाखोँच बासीलाई केहि आस पलाएको छ । कमला नदि नियन्त्रणको काम भएपछि कमलाखोँच बासिलाई मुक्ती मिलेको छ ।

              कमलाखोँचको अधिक समस्याका रुपमा रहेको नदि कटान नियन्त्रणलाई आफ्नो योजनामा पारेपछि स्थानियले नदीको जोखिम कम हुने आशा गरेका छन् । नदिको कारण बर्षेनी समस्या भोग्दै आएका कमलाखोँचबासीको लागि अब भने खुसी मिल्ने भएको छ । निपाने,भलुवाही,डकाहा, सिर्थौली,पतियानी,खिरीयानी र टाडी लगाएतका स्थानहरुमा खेति योग्य जमिनको कमला नदिले गर्ने कटानका कारण सर्वधारण चिन्तित हुन परेको थियो ।
कमला नदि नियन्त्रणका लागी छुट्टाछुट्टै ४ स्थानबाट नदि नियन्त्रणको काम शुरुवात भएको छ । सिन्धुलीको दुधौली नगरपालिका क्षेत्र भित्र ४ स्थानबाट ४ वटै छुट्टाछुट्टै निर्माण कम्पनीहरुले नदि नियन्त्रणका काम गरिरहेका छन् ।

        डकाहा देखि माथिल्लो भागमा रञ्जन निर्माण सेवाले १ सय २ मिटर नदि नियन्त्रणको काम गरिरहेको छ भने प्रियकां निमार्ण सेवाले मिलन चोक तर्फ १ सय ४ मिटर, डकाहा बजार नजिकै धिरज कन्स्टक्सनले १ सय ७ मिटर र टाँडी पुल माथि सुरज निर्माण सेवाले १ सय ३ मिटर नदि नियन्त्रणको काम भईरहेको कमला नदि नियन्त्रण आयोजना कार्यालय जनकपुरले बताएको छ । नदि नियन्त्रणको काम गर्न रञ्जन निर्माण सेवाले ४८ लाख २६ हजार १ सय ८२ रुपैयाँ ६७ पैसा मा सक्ने गरि सम्झौता गरेको थियो भने प्रियकां निमार्ण सेवाले ४८ लाख ६२ हजार २८ रुपैयाँ , धिरज कन्स्ट्रक्सनले ४८ लाख २० हजार ४ सय ७० र सुरज निर्माण सेवाले ४८ लाख ४० हजार ७५ रुपैयामा सम्पन्न गर्ने गरी सम्झौता गरिएको नदि नियन्त्रण आयोजना जनकपुरका आयोजना प्रमुख एकराज भट्टराईले बताउनु भयो ।

           “कमला नदि नियन्त्रणको काम शुरु भएपछि हर्षित छौं,” दुधौली ६ का नारायणराज घिमिरेले भन्नु भयो, “कमला नदिले वर्षांैदेखि पीडित हुँदै आएका हामी नदि नियन्त्रणका लागि बाध बाँध्ने भएपछि केही राहत महशुस गरेका छौं ।” पछिल्लो समय नदि किनारमा बालुवा वास भन्दै क्रसरको स्थापना गर्ने, जथाभावी रुपमा नदि उत्खनन् गर्ने प्रवृत्ति फस्टाएपछि कमला नदिको तटमा रहेको निपाने,डकाहा,हर्षाही, पतियानी र टाँडी क्षेत्रका खेति योग्य जमिन र केहि बस्तीमा वर्षाको समय नदि पसेर दुःख दिने गरेको थियो ।

            यसअघि कमला नदि नियन्त्रणका लागि बारम्बार प्रयास गरे पनि यसका लागि सरकारी स्तरबाटै पहल शून्य थियो । पहल भएपनि दिगो काम नहुदाँ सर्वसाधरणमा चिन्तित थिए । “कमला नदिले वर्षौंदेखि दिँदै आएको सास्ती अब हल हुनेछ,” दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले भन्नुभयोे, “यसका लागि हाम्रो क्षेत्राधिकार भित्र बग्ने नदिको साँध क्लियर गर्ने काम सकिएको र बाध निर्माण भइरहेको छ, पहिलो चरणमा नदि नियन्त्रणको काम भईरहेको पनि उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!