नगर स्तरीय मेयर कप मा वडा नं ८ प्रथम


६ फागुन,२०७७
दुधौली न्युज सम्बादाता –
दुधौली / सिन्धुलीको दुधौली नगरपालिकामा नगर स्तरीय मेयर कप फुटबल प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगितामा वडा नम्बर ८ बिजयी भएको छ । बिहिवार सम्पन्न फाईनल खेलमा वडा नम्बर १ लाई १ का विरुद्ध २ गोल गर्दै वडा नम्बर ८ विजेता बनेको हो ।
विजयी भएसँगै वडा नम्बर ८ ले नगद ५० हजार हात पारेको छ । त्यसैगरी, उपविजेताले नगद ३० हजारमा चित्त बुझाएको छ । विजेता दुवै टिमलाई शिल्ड , मेडल र प्रमाण पत्र समेत वितरण गरिएको थियो । विजेता टिमलाई नगरपालिकाका प्रमुख मेयर घनश्याम राउतले पुरस्कार वितरण गर्नुभयो ।
आजको फाईनलमा वडा नम्बर ८ का जर्सी नम्बर ८ का खगेन्द्र पोख्रेलले खेलको सातौं मिनेटमा वडा नम्बर ८ का लागि पहिलो गोल गरेका थिए । खेल निकैबेर प्रतिस्पर्धात्मक रहेपनी खेलको २१ औ मिनेट मा पुन वडा नम्बर ८ का लागि जर्सी नम्बर १५ का एन्जल ठकुरीले दोस्रो गोल गरेका थिए ।
खेलमा वडा न १ लाई जिताउन वडा नम्बर १ का जर्सी नम्बर १४ का समिर धामीले ३७ औ मिनेटमा एक गोल गरेका थिए । प्रतियोगितामा उत्कृष्ट गोल रक्षक पुष्कल खड्का वडा नम्बर ८ , उत्कृष्ट खेलाडी समिर धामी वडा नम्बर १ , सर्वोत्कृष्ट गोलकर्ता निरकुमार श्रेष्ठ वडा नम्बर १ घोषित भए ।प्रतियोगिता समापनसँगै ३० जना खेलाडीको नगरस्तरिय खेलाडी टिम समेत छनौट गरिएको छ । प्रतियोगितामा नगरका १४ वडाका टिमले प्रतिष्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!