देउसी भैलीमा विकृति फैलन थाले पछि पुढापाकाहरु चिन्तित

कार्तिक १७, दुधौली न्युज –

नेपालीहरुको दोश्रो ठुलो चाँड तिहारमा खेलीने भैली र देउसीमा विकृति फैलीन थालेको छ । मौलीक संस्कृति झल्काउने तिहार पर्वमा पछिल्लो समय विकृति फैलन थाले पछि पुढापाकाहरु चिन्तित हुन थालेका छन् । झिलिमिलि पर्वको रुपमा परिचित तिहार पर्वको रमाइलो पक्ष देउसी र भैलो खेल्ने पनि हो । तर अहिले आएर देउसी र भैलोमा विकृति थपिएको छ ।

                             कला र संंस्कृतिको जर्गेना गर्ने उद्देश्यले देउसी खेल्ने भए पनि हाल खेलिएका देउसी भैलो हेर्दा कमाउने मेसोको रुपमा यसलाई प्रयोग गरेको प्रष्ट रुपमा देखिन्छ । पहिले मादल,मुजुरा बजारएर भट्याउदै देउसी खेल्ने गरीन्थ्यो दुधौली ८, सालघारीका टंक प्रसाद पौडेलले भन्नुभयो, पहिले पोशाक मा मैलीक हुन्थ्यो, बाजा उस्तै मादल,मुजुरा बज्थ्यो । नेपाली कला संस्कृतिमा रम्न कयौ विदेशि नेपाल आउने गर्दछन् । तर पछिल्लो समयमा हामी नेपालीले गर्व महसुस गर्ने त्यस्ता संस्कृति विस्तारै हराउन थालेका छन् । नेपाली मौलीक संस्कृतीमा पश्चिमा संस्कृतिक भित्रन थालेको छ । तिहारमा खेलीने देउसीमा आफ्ना संस्कृती अगांलेर खेल्नु पर्नेमा पश्चिमा संस्कृतीका गितहरु बजाउने, जाड रक्सी सेवन गर्ने धेरै देखीन्छ ।
परम्परागत संस्कृती लोप हुदै गएको छ । पश्चिमेली संस्कृतिको प्रवेश नेपालमा बढ्दै जानु र परम्परागत संस्कृति संरक्षणमा हामी नेपालीले ध्यान नदिदा परम्परागत संस्कृती लोप हुदै गएको छ । यस्को प्रमाण हाम्रो घर आगनमा आइरहेको नेपालीहरुको साँस्कृतिक पर्व तिहारमा खेलिने देउसी भैलोमा प्रष्ट देख्न सकिन्छ । वास्तवमा भन्ने हो भने समूहमा मिलेर गाउने गीत हो देउसी र भैलो । यस्मा एकजना भट्याउने हुन्छ भने अन्य समूहका साथीहरुले देउसी अथवा भैलो भनेर भट्याउनेलाई साथ दिने गर्छन् । खासगरी देउसी भैलोमार्फत देउसी खेल्न गएका घरमा आशिष दिने तथा शुभकामना दिने गरिन्छ भने घरधनीले फलफूल, रोटी, दक्षिणा दिने गर्छन् । यो परम्परा अब लोप हुने अवस्थामा पुगिसकेको छ । देउसी र भैलोको नाममा विकृति विसंगती ह्वात्तै बढेको छ । परम्परागत तरीकाले देउसी खेल्नुको सट्टा पश्चिमेली फेसन गर्दै उफ्रने गर्न थालेका छन् । जसले धेरै पैसा दिन सक्छ, उसका घरमा मात्र जाने गर्न थालेका छन् ।

मदिरा सेवन गरी देउसी भैलो खेल्ने, समूह समूह बीच हुने झगडामा समेत बृद्धि भएको छ । पहिला–पहिला यमपञ्चकको ५ दिनमध्ये पछिल्लो ३ दिनसम्म देउसी भैलो खेल्ने गरिन्थ्यो तर आजकाल समय पनि बढाइदैछ । त्यो पनि संस्कृति संरक्षणको नाउँमा पैसा कुम्ल्याउनका लागि । आधुनिक शैलीमा देउसी भैलो खेल्नेक्रम बढे पनि केही संस्थाले परम्परागत संस्कृतिको संरक्षण गरी सन्देश समेत दिन नखोजेका भने होइनन् । देउसी खेल्दा परम्परागत भेषभूषा दौरा–सुरुवाल, गुन्यू–चोली लगाउने गरिन्थ्यो तर हाल यो समेत लोप हँुदैगएको छ ।देउसी खेल्ने परम्पराको सुरुवात कसरी भयो भन्ने सम्बन्धमा पुराणमा एउटा कथा उल्लेख छ ।

आफ्नो दानशीलतामा एकदमै घमण्ड गर्ने बलीको घमण्डलाई हटाउन भगवान् विष्णुले वामन अवतार धारण गरी बली राजालाई जे मागे पनि दिने बाचा गर्न बाध्य पार्छन् । वाचाअनुसार भगवान विष्णुले मागेको तीन पाइला जमीनमध्ये दुई पाइलामा नै सम्पूर्ण भू–भाग ढाकिएकोले तेस्रो पाइलामा आफ्नो शिर दिएका थिए । त्यतिबेला विष्णुले देऊ शीर भनि मागेकोले अप्रभंश भई देउसि रे को चलन चलेको भन्ने गरिन्छ । आफ्नो सर्वस्व विष्णुले हरण गरेपछि पाताल पुगेका बलीलाई विष्णुले वर्षमा ३ दिन पृथ्वीमा तेरो आधिपत्य रहनेछ भन्ने वरदान दिएकोले देउसी खेल्ने चलन चलाएका हुन् भन्ने धार्मिक विश्वास रहीआएको छ । त्यसैले देउसी र भैलोमा भट्याउने क्रममा बलि राजाले पठाएको प्रसङ् जोड्दै उनको वर्णन गर्ने गरिन्छ । दाजुभाई र दिदी–बहिनीबिचको मिलनको पर्वरुपमा लिइने यो पर्वमा मादल खैजडी मुजुरा लगायतका परम्परागत बाजा बजाई खेल्ने गरेको भैलोमा आजकाल हिन्दी तथा अँग्रेजी गीतको बाहुल्यता रहेकोले धेरै चिन्तित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!