दुधौली कप २०७६ मा दुधौली ए सेमिफाईनलमा प्रवेश

असोज १५, दुधौली न्युज –


दुधौली ए टिम सिन्धुलीको दुधौलीमा जारी दुधौली कप २०६७ को सेमिफाईनलमा प्रवेश गरेको छ । दुधौली ११ पत्रिङ्गालाई २ का विरुद्ध ५ गोल गर्दै दुधौली ए सेमिफाईनलमा प्रवेश गरेको हो ।

शुरुवाती चरणमा निकैनै प्रतिस्पर्धात्मक रहेको खेलमा पहिलो हाफमा नवित्दै लौकट कुमरले दुधौली ए का लागि पहिलो गोल गरेका थिए । दुधौली ए का खेलाडीले आत्माघाति गोल गरेपछि पत्रिङ्गाले खाताखोलेको थियो । खेलको दोश्रोहाफ लगतै दुधौली ए का लागि राहुल कुमरले एक गोल गरेका थिए । कुमरले गरेका गोल नसेलाउदै पत्रिङ्गका लागि शुसम कुमरले एक गोल गरेका थिए । त्यस लगतै दुधौली ए का लागि मेचि कुमरले ह्याट्रिक गर्दै ३ गोल गरेका थिए । दुधौली एकता युवा क्लवको आयोजनामा भएको दुधौली कप २०७६ मा २२ टिमको सहभागिता रहेको थियो । हाल दोश्रो चरणका खेलहरु भईरहेको छ ।

हिजो भएको खेलमा कटारी ५ भुल्के क्वटर फाईनलमा प्रवेश गरेको थियो । हिजो भएको खेलमा दुधौली नगरपालिकालाई टाईवेकरमा २ का विरुद्ध ४ गोल गदै भुल्के क्वटर फाईनलमा प्रवेश गरेका हो । खेलको विजेताले ५० हजार सिल्ड मेडल र प्रमाण पत्र प्रप्त गर्ने छन् भने उपविजेताले नगर २५ हजारका साथमा सिल्ड मेडल र प्रमाण पत्र प्रप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!