दुधौलीमा स्वाव संकलन, रिपोर्ट सबै नेगेटिभ


२४ जेष्ठ, २०७६
दुधौली न्युज –
सिन्धुलीको दुधौली नगरपालिकामा बिहिवार कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाव संकलन गरिएको ७६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

        ६४ जना भारतबाट आएकाहरुको परिक्षण गरिएको हो भने १२ जना फ्रन्ट लाइनमा काम गर्नेहरुको परिक्षणका लागि स्वाव संकलन गरिएको थियो । उनीहरु सबै जनाको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका मेयर घनश्याम राउतले जानकारी दिनुभयो ।
भारतबाट आएका उनिहरु कमला बहुमुखी क्याम्पस र कमला मा. वि भलुवाही क्वोरेन्टाइनमा रहेका थिए । उनीहरु सम्पुर्णको रिपोर्ट नेगेटिभ आएकोले अविभावकहरुलाई जिम्मा लगाइ घर फर्काएको नगर प्रमुख राउतले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!