२७ असोज, २०७७
बिचार
कोरोना कोरोना कोरोना, बिगत १० महिना देखि हामि यहि पढ्दै सुन्दै र हेर्दै आएका छौ । कोरोना के हो ? कोरोनाको लक्षणहरु के के हुन् ? यो कसरि सर्छ ? यसको उपचार कसरि हुन्छ ? र यसबाट कसरि बच्न सकिन्छ ? यो कुराहरु हामि सबैलाई थाहा छ । नेपाल सरकारले कोरोना रोकथामकै लागि बिभिन्न चरणमा लकडाउन गर्यो जुन कोरोना नियन्त्रण को लागि केहि हदसम्म सफल पनि रह्यो । लकडाउनले हामीलाई धेरै कुराहरु सिकायो जस्तै नियमित हात धुने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने आदि l यति गर्दा गर्दै पनि संक्रमण को दर तिब्र गतिमा बढिरहेको छ, यसको कारण के त ?
कोरोना नियन्त्रण भनेको सरकारको एकल जिम्मेबारी होइन, सरकारको जति जिम्मेबारी छ हामि प्रत्येक नागरिक् पनि त्यतिकै जिम्मेबार छौ । हुन् त सरकारको निन्दा गर्नु, बिरोध गर्नु भनेको हाम्रो बानि नै परिसकेको छ सरकारलाई दोष दिँदा हामि एक किसिमको आनन्दको महशुस गर्छौ । एक हफ्ता अगाडी सम्म दुधौली नगर पूर्ण रुपमा सुरक्षित छ अब हामीलाई केहि पनि हुदैन भन्ने मानसिकतामा पुग्यौ जसले गर्दा लकडाउनमा हामीले सिकेको पाठ हामीले बिर्सियौ जसको असर हामी अहिले हेरिरहेका छौ । दुधौली नगरमा अचानक यसरि कोरोनाको केसहरु भेटिनु मा दोषी को छ, यो आत्मालोचना को बिषय हो, यो हामि सबैले चिन्तन गर्नै पर्छ l
हामि सबैलाई हाम्रो ज्यान को अत्यन्त माया छ र त्यहि ज्यान जोगाउन लागि हामि सरकारको मुकदर्सक बनेका छौ हाम्रो लागि यो भन्दा लज्जाको बिषय अरु के नै हुनसक्छ । आखिर सोच्नुस्, के हामीलाई आफ्नै ज्यान जोगाउन नियम-कानुन नै चाहिने हो र ? के हामि स्वास्थ्य को आधारभूत मापदण्ड पालन गर्न सक्दैनौ ? अबस्य पनि सक्छौ तर पनि हामि हेलचेक्र्याइँ गरि नै रहेका छौ । यो भनेको बिहान सवेरै उठ्नुपर्छ भन्ने थाहा हुदा हुदै ढिलो सम्म सुत्नु जस्तै हो । यदि हामि बिहान सवेरै उठेनौ, ब्यायाम गरेनौ भने हुनसक्छ भविष्यमा बिभिन्न रोगहरु बात ग्रसित हुन सक्छौ तर कोरोना नियन्त्रण को लागि हामिले अहिले स्वास्थ्य को आधारभूत मापदण्ड पालन गर्न सकेनौ भने यसको असर देखिन को लागि हामि धेरै समय पर्खिन पर्दैन, जुन कुरा सायद तपाई अहिले अनुभव गरिरहनु भएको होला । र जसले कोरोना केहि होइन यो सामान्य रुघा खोकी हो भन्ने भ्रम पालिरहनु भएको छ भने कृपया तपाइ ति ६०० भन्दा अधिक मृतक हरुको परिवार लाइ सोध्नुस, आइ सी यु र भेन्टिलेटर मा उपचार गराइरहेका बिरामीलाई सोध्नुस कोरोना के हो ?
विजयादशमी नजिकिदै छ, तिहार छठ नजिकिदै छ, हामि यो समयमा यदि सामाजिक मोबिलिटी लाइ रोक्न सकेनौ भने स्थिति झन् भयाबह हुनेछ र त्यसको जिम्मेबार हामि स्वयम् हुनेछौ । के हुन्छ यदि यसपालीको चाड हामि परिवार बिनै मनायौ भने, के हुन्छ यदि हामि मोबाइल बाटै अग्रजको आशिर्वाद लियौ भने यो मनन गर्नै पर्छ । मरी सकेको महिषाशुर र रावण लाइ पुनः मारेर हामि हरेक बर्ष विजयादशमी मनाउछौ, यसपाली त्यो महिषाशुर, त्यो रावण भनेको कोरोना हो भनेर बुझौ र घरमै बसेर सामाजिक दुरी कायम गरेर, साबुन पानीले हात धोएर, मास्क लगाएर दुष्ट लाइ परास्त गरौ ।
:- राजिब महत्त्व
दुधौली -९,सिन्धुली