दुधौलीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

पुरस्कार वितरण गर्नुहुदै नगर प्रमुख घनश्याम राउत र उप प्रमुख बाल कुमारी अधिकारी दनुवार

 

फाल्गुण ०६, दुधौली न्युज –
स्थानिय स्तरिय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । दुधौली नगरपालिकाको आयोजना र श्री सरस्वती मा. वि डकाहाको समन्वयमा प्रतियोगिता सम्पन्न भएको दुधौली नगरपालिकाका खेल संयोजक सविन तामाङले जानकारी दिनुभयो । दुधौली नगरपालिका स्तरीय अन्तर बिधालय रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता ४ दिन सम्म सञ्चालन गरीएको थियो ।
जसमा १३ स्वार्ण ६ रजत ६ कास्य सहित श्री सरस्वती मा. वि डकाहा टिम प्रथम हुन सफल भएको थियो भने श्री मा. वि लदाभिरका टिमले १२ स्वार्ण ७ रजत ४ कास्य सहित दोश्रो स्थान ओगट्न सफल भएको छ । यस्तै ४ स्वार्ण ३ रजत ३ कास्य सहित श्री मा .वि . टाँडी पत्रीङ टिम तृतीय हुन सफल भएको छ । प्रतियोगीतामा छात्र, छात्रा दुवैको सटपुट , सय मिटर रिले दौड, हाईजम्प, लङजम्प, कबड्डी, ज्याभलिङ थ्रो, शटफुट, एल्लेटिक्स तर्फका खेलहरु, १ सय देखि ३ हजार मिटर सम्मका दौड, भलिबल, लगायतका खेलहरु भएको पनि उहाँले बताउनु भयो ।

भलिवल खेलमा छात्र तर्फ मा.वि. डकाहा प्रथम, मा.वि. पत्रिङ्गा द्धितिय र मा.वि. मैनी तृतीय हुन सफल भएको थियो । यस्तै भलिवलकै छात्रा तफै मा.वि. लदाभिर प्रथम, मा.वि. भलुवाही द्धितिय र मा.वि. मैनी तृतिय हुन सफल भएका हुन् । यस्तै कबड्डी खेलमा छात्र तर्फ लिटिल फ्वार्स ईङलिस बोर्डिङ स्कुल प्रथम भएको थियो भने मा.वि. लदाभिर दोश्रो हुन सफल भएको थियो । कबड्डी खेलकै छात्रा तर्फ मा.वि. लदाभिर प्रथम भएको थियो भने मा.वि. मैनी दोश्रो हुन सफल भएको थियो । प्रतियोगितामा विजयी हुनेलाई दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउत र उप प्रमुख बाल कुमारी अधिकारीले शिल्ड,मेडल र प्रमाण पत्रले पुरस्कृत गर्नु भएको थियो । प्रतियोगीतामा दुधौली नगरपालिकाभित्रका सामुदायिक र संस्थागत गरी २४ वटा माध्यामिक विद्यालयहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!