दुधौलीमा मेयर कप सुरु, पहिलो दिन वडा नं. ९ को जित

२६ माघ,२०७७
दुधौली न्युज सम्बाददाता –

                 दुधौली नगरपालिका नगर स्तरीय मेयर कप फुटबल प्रतियोगिता २०७७ आज देखि सुरु भएको छ। दुधौली नगरपालिका वडा खेलकुद बिकास समितिका जेष्ठ सभापति धनीलाल धामीको सभापतित्व तथा दुधौली नगरपालिका मेयर घनश्याम राउतको प्रमुख आतिथ्यमा कार्यक्रमको उत्घाट्न भएको थियो।

           छनोट समितिमा अन्जय चौधरी, सबिन ब्लोन , दिपेन्द्र प्रसाद कुमर, मिजास कार्की , बिजय कार्की रहेका छन । १४ वटै वडा बाट ३० जना उत्कृष्ट खेलाडी छनोट हुनेसबिन ब्लोनले बताउनु भयो । खेलकुदमा खेलाडीले देखाएको खेल प्रतिभाको आधारमा खेलाडी छनोट गरिने दुधौली नगरपालिकाका खेलकुद प्रशिक्षक ब्लोनले बताउनु भयो ।

               कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मेयर राउतले आगामी दिनहरूमा नगरपालिकाले खेलकुद प्रेमी खेलाडीहरुलाई आवस्यक सुरक्षा तथा खर्चको समेत बेवास्ता गर्ने बताउनु भयो । आजको खेलमा दुधौली नगरपालिका वडा नम्बर ९ र वडा नम्बर ५ संग भएको खेलमा दुधौली वडा नम्बर ९ ले ५ लाई १-० ले जित हासिल गरेको छ। वडा नम्बर ९ को तर्फबाट जर्सी नम्बर ८ को छिरिङ तामाङले खेलको ३७औं मिनेटमा गोल गरेर खेललाई आगाडी बढाएको हो । खेलको म्यान अफ दि म्याच छिरिङ तामाङ भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!