दुधौलीमा माक्स प्रकरण

माक्स वितरण गर्दै वडा अध्यक्ष गोविन्द पहाडी
माक्स वितरण गर्दै वडा अध्यक्ष गोविन्द पहाडी

चैत्र २३, दुधौली न्यूज,
दुधौली न्यूज –
विश्व कोरोना भाईरस (कोभिद १९) को प्रकोपमा छ । कोरोना भाईरसका कारण विश्व अर्थतन्त्रमा समस्या आउने विज्ञहरुको भनाई छ । सरकार कोरोना विरुद्ध लड्न हरेक कार्यहरु गरीरहेको छ । देशका विभिन्न स्थानिय तहहरुले भाईरसबाट बच्न माक्सको प्रयोगका लागि जोड दिईरहेका छन् । सिन्धुलीका स्थानिय तहहरुले पनि माक्स वितरण गरिरहेका छन् ।

     सिन्धुलीको तिनपाटन,घ्याङलेख र शुनकोशी गाउपालिका, कमलामाई नगरपालिका र दुधौली नगरपालिकाले माक्स वितरण गरेका छन् । कतै पालिकाहरुले त कतै सम्बन्धित पालिकाका वडाहरुले कपडाको माक्स बनाएर वितरण गरेका छन् । माक्स प्रकरणले सिन्धुलीको दुधौली नगरपालिका वडा नं. १ मा तहल्का नै मच्चियो । वडा नं. १ का वडा अध्यक्ष गोविन्द पाहाडीले माक्स लुकाएको भन्ने समाचारहरु आए । दुधौली नगरपालिकाले वडा नं. १ र २ का लागि ५ हजार थान कपडा बाट बनेको माक्स वितरण गर्न ल्याईएको थियो । जसमा २५सय/२५सय थान माक्सको दुई ओटा बोरामा थियो । १ बोरा वडा नं. २ मा राखियो भने १ बोरा वडा नं. १ मा ल्याईयो ।
बाडिएको बोरामा वडा नं. २ मा २५ सय थान नै माक्स रहेको वडा नंं २ का वडा अध्यक्ष रितेश राउतले बताउनु भयो । उता वडा नं. १ मा लगिएको बोरामा भने २५ सय थान माक्स पुगेन । २५ सय थान माक्स छ भनेर मैखिक रुपमा भनिएपनि १५ सय थान मात्र पुगेको वडा नं. १ का वडा अध्यक्ष गोविन्द पाहाडीले बताउनु भयो । उहाँले भन्नु भयो २५ सय थान भनिएको माक्स १५ सय थान मात्र भएपछि मैले तत्काल नगर प्रमुखलाई जानकारी गराएको थिए । उहाँले म थप मास्क पठाइदिन्छु भन्नुभयो । तर, पठाउनु भएन ।’ पहाडीले भन्नुभयो, – मेयर राउतले कार्यपालिका सदस्य डिल्लीबहादुर भुजेलमार्फत मास्क पठाएर नेकपा नेता तथा कार्यकर्ताहरूलाई मात्रै मास्क वितरण गरेको आरोप छ ।
वडा नम्बर १ मा मेयर राउतले २५ सय मास्क पठाएका थिए । २५ सयमध्ये करीव १५ सय मात्रै माक्स वडामा आएको र त्यसलाई सम्पुर्ण टोलसुधारका पदाधिकारी र जनप्रतिनिधिहरु राखेर बाढिएको वडाका सचिब हेमराज अधिकारिले जानकारी दिनुभयो । उता कार्यपालिका सदस्य समेत रहेका वडा सदस्य डिल्ली बहादुर भुजेल २५ सय माक्स भनेर ल्याएको र १५ सय मात्र भएको भन्ने कुरा आफु वेखवर रहेका बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ माक्स ल्यएर बाड्ने क्रममा नपुगे पछि टोल सुधार समिति मार्फत मलाई कुरा आयो मैले मेयर सावसगँ कुरा गरे भोलि पल्ट २ हजार थान माक्स आयो हामीले टोल सुधार समितिलाई राखेर बाडिदियौँ ।
वडा अध्यक्ष गोविन्द पहाडी र कार्यपालिका सदस्य एवम् वडा सदस्य डिल्ली बहादुर भुजेलको सरसल्लाह नहुदाँ यस्तो समस्या भएको वडा नं. २ का अध्यक्ष एवम् नगरका प्रवक्त रितेश राउतले बताउनु भयो । राजनीतिक पुर्वाग्राह भन्दा पनि सेवाको भावना जगाउन आवश्यक रहेको समेत उहाँले भन्नुभयो ।  वडा नं. २ र वडा नं. १ मा २५ सय/२५ सय माक्स ल्याईएको हो , माक्स दुबै बोरामा बराबरी थियो मेयर राउतले भन्नु भयो – वडा नं. २ मा पुग्ने १ मा नपुग्ने त्यस्तो हुन्छ ? हरायो भनिएको माक्स तथ्याङ्खमा नरहेको तर वडा नं. १ मै बाडिएको मेयर राउतले बताउनु भयो । साथिभाई छिमेकी आफ्ना भन्दा भन्दै माक्स सकिएको र तथ्याङ्क नदेखिएको पनि उहाँले दावी गर्नुभयो । निष्पक्ष माक्स वितरण नभएपछि आफुले कार्यपालिका सदस्य मार्फत बाड्न थप २ हजार माक्स पठाएको बताउनुभयो । मेयर राउतले नेकपाका नेता समेत रहेका कार्यपालिका सदस्य डिल्लीबहादुर भुजेलमार्फत मास्क पठाएर नेकपा नेता तथा कार्यकर्ताहरूलाई मात्रै मास्क वितरण गरेको आरोप छ । राजनीतिक पूर्वाग्रही भएर आफूले मास्क वितरण नगरेको मेयर राउतले दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!