दुधौलीमा गेट सार्बजनिक

कार्तिक ३,दुधौली न्युज ,

रोहित गुरुङ –

लोक गायीका भद्रमाया गीरी र गायक बुद्ध बहादुर खत्रीको स्वरमा रहेको लोक गीत“ दुधौलीमा गेट”बजारमा सार्वजानीक भएको छ । जीनाखु ठाकुर क्रियशनको प्रस्तुतीरहेको गीती अडियो क्यासेट बजारमा सार्वजानिक भएको हो । दुधौलीमा गेट शिषर्क रहेको उक्तलोक गीतमा दुधौली नगरपालिका भित्र रहेको ऐतिहासिक तथा पर्यटकिय स्थानहरुलाई गीतमा उल्लेख गरेका छन् ।
गीतमा माया गर्ने मायालु दुई जोडीको गीती बार्तालापसंगै आ–आफ्नै तरीकाले दुधौलीनगर भित्रका मनमोहक पर्यटकीय स्थानहरुको बर्णन गर्दै घुम्न आउन अनुरोध गरेका छन् । बिक्रम सम्बत २०५६ साल देखि कलाकारीता सुरुवात गरेका दुधौली नगरपालीकाका स्थानिय कलाकार बुद्ध बहादुर खत्रीले दुधौली सिन्धुली जिल्लाका बिभिन्न स्थानहरु उल्लेख गरी सबै श्रोता तथा दर्शक माझ आफ्नो स्थानको कलात्मक परिचय प्रस्तुतगर्दै आएकाछन् । खत्रीकादर्जनौ गीतमध्य पूर्बै मोरङको , कटारीमा गेट, सिन्धुलीको फिक्कल, मोटर गुडाउदै जस्ता गीतहरु चर्चीत लोक भाकाहरु रहेका छन् ।
काठे भाकामा रहेको दुधौलीमा गेट गीतको सम्पूर्ण सुटिङ सकिएको छ भने भिडियो निर्देशक शिशिर बुढाथोलीले निर्देशन गरेका छन् । भिडियोका अधिकांश दृष्य सिन्धुलीका मुख्य स्थानहरुमा सुटिङ गरेका छन् । स्थानिय सरकार गठन भएको यताीकाबर्ष कटिसक्दा पनि दुधौलीमा अतिथी स्वागतकालागी एउटा गेट समेत नहुदा यो गीत एउटा स्थानिय सरकारलाई नैतीक जिम्मेवारी थपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!