दुधौलीमा गाडेको ठाउँबाट शिशुको सव निकालियो


दुधौली न्यूज सम्बाददाता
२५ असार, २०७७
दुधौली / सिन्धुलीको दुधौली नगरपालिका वडा नं. १३ भित्रीयामा मृत शिशु गाडेको ५ दिन पछि निकालिएको छ । मृतक शिशु असार ८ गते दुधौली १३ भित्रीयामा जन्मीएका थिए । मृतक शिशुको आमा पक्षले न्याय पाउँ भन्दै प्रहरीमा उजुरी परेपछि गाडेको ठाउँबाट शव निकालिएको हो ।

            असार २३ गते आमा पक्षले उजुरी दिए पछि प्रहरीले मृतक शिशुको सब निकालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्याम बहादुर खत्रीले घटना अगाडि भएको भएपनि लकडाउनका कारण प्रहरीकोमा ढिलो गरी उजुरी परेको बताए । प्रहरीसमक्ष उजुरी परेपछि अनुसन्धानका लागि पोस्टमार्टम गर्न सिन्धुली अस्पताल लगिएको थियो । प्रहरीले यो बिषयमा पोस्टमार्टम रिपोर्टसँगै अन्य अनुसन्धान भइरहेको पनि उनले बताए ।

यता सिन्धुली अस्पतालले शव पोस्टमार्टम गर्न विशेषज्ञ डाक्टरकोमा लानुपर्ने बताउँदै काठमाडौं शिक्षण अस्पताल रिफर गरिदिएको छ । असार १८ गते उक्त बालकको मृत्यु भएको पीडित महिलाको बुबा ज्ञानबहादुर तामाङले जानकारी दिए । माइती पक्षले हत्याको आशंकामा उजुरी दिएपछि अनुसन्धानका लागि प्रहरीले गाडिएको स्थानबाट शव निकालेको हो । मृतक शिशुको बुबा पक्षले चाहिँ शिशु कालगतीले मरेको जिकिर गरेको छ । तर उक्त शिशुका आमा पक्षले भने हत्याको आशंका गर्दै प्रहरीमा उजुरी दिएका छन । स्वस्थ जन्मेको बच्चा एका एक मर्नु संकास्पद रहेकाले हामीले बुझ्न चाहेको सुत्केरी महिलाका पिता ज्ञानबहादुर तामाङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!