दुधौलीमा कोरोना सक्रमण देखियो


१२ असार, २०७७
दुधौली न्यूज –
दुधौली/ सिन्धुलीको दुधौली नगरपालिकामा पनि कोभिद १९ अर्थात कोरोना भाईरसको सक्रमण देखिएको छ । दुधौली नगरपालिका वडा नं. ८ ठेगाना भएका वर्ष ४८ का एक पुरुषमा कोरोना भाईरसको सक्रमण देखिएको हो । उनि भारतबाट दुधौली आई  दुधौली कमलामाई बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बस्दै आएका थिए ।  उनि सगैँ सिन्धुलीमा थप २ जनामा कोरोना भाईरसको सक्रमण देखिएको छ । उनिहरु कमलामाई नगरपालिकाको वडा नं. ७ र १४ का दुई पुरुष हुन् । उनीहरु दुबै जना भारतबाट आएर माझीटार र रानीवासको क्वारेन्टाइनमा बस्दै आएका थिए ।
सक्रमित ३ जनाकै स्वस्थ्य अवस्था सामान्य रहेको छ ।

यो समेत सिन्धुलीमा सात जनामा कोरोना भाइरस सङ्क्रमण पाइएको छ । सङ्क्रमितमध्ये तीन जना डिस्चार्ज भइसकेका छन् । सिन्धुली अस्पतालको आइसोलेसनमा एक जना उपचाररत छन् । सिन्धुली अस्पतालका अध्यक्ष प्रलाद कुमार पोखरेलका अनुसार कोरोना भाइरस पोजेटिभलाइ लिन सुरक्षाा सजगतासाथ अस्पताल लगिदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!