जिल्ला अदालत सिन्धुलीको मुद्दा फैसलामा लक्ष्य प्राप्ती भएन


१३ श्रावण, २०७७
दुधौली न्युज सम्बाददाता
दुधौली / जिल्ला अदालत सिन्धुलीले लकडाउनका कारण आफ्नो लक्ष्य अनुसारको मुद्दा फैसलामा सफलता प्राप्त नभएको बताएको छ । मंगलवार आफ्नै कार्यालयमा प्रत्रकार संम्मेलन गर्दै यस्तो बताएको हो । जिल्ला अदालत सिन्धुलीले वार्षिक मुद्दा फैसलाको लक्ष्य ४९८ राखेको थियो । तर, लकडाउनका कारण गत आर्थिक वर्षमा ३२५ मुद्दा मात्र फैसला गरेको छ ।

गत आर्थिक वर्षमा ६८७ मुद्दामध्ये ३२५ मुद्दा फर्छोट भएको जिल्ला न्यायाधीश किरणकुमार शिवाकोटीले बताए । उनले भने – “३६२ थान मुद्दा फर्छाेट हुन बाँकी रहेको छ ।” गत आर्थिक बर्ष २०७५÷७६ बाट जिम्मेवारी सरिआएका २४५ मुद्दा, पुनारावेदन एक र जिम्मेवारी सरिआएको रिट एक गरी जम्मा २४७ पुराना मुद्दा रहेका छन् । ४३४ थान मुद्दा, छ थान रिट गरि गत आर्थिक बर्षमा ६८७ वटा मुद्दा लगत हुन आएको जनाइएको छ । दुई बर्ष नाघेका पाँच थान मुद्दा बन्दाबन्दीका कारण फर्छोट गर्न ढिलाई भएको पनि जिल्ला न्यायाधीश शिवाकोटीले बताए ।

बालबालिका पक्ष भएका मुद्दा जम्मा १८ थानमध्ये नौ वटा फर्छोट हुन बाँकी रहेको छन् । त्यस्तै, महिला पीडित २६७ थान मुद्दामध्ये १६३ थान फर्छाेट भएका र १०४ थान फर्छोट हुन बाँकी रहेका छन् । महिला पीडित मुद्दामा सम्बन्ध बिच्छेद, घरेलु हिंसा, जबरजस्ती करणी, अंश, नाता कायम जस्ता मुद्दा रहेका छन् । त्यस्तै, ज्येष्ठ नागरिक पक्ष भएको २३ थान मुद्दामध्ये १२ थान मुद्दा फर्छोट हुन बाँकी रहेको छ । जिल्ला अदालतमा ९९ थान फैसला कार्यान्वयनका लागि निवेदन परेकोमा ४६ थान फर्छोट भएको र ५३ थान फर्छोट हुन बाँकी रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!