गाएक बज्यूले नचाए अतिथिहरुलाई


२ फागुण,२०७७
दुधौली न्यूज सम्बाददाता
दुधौली / सिन्धुलीका चर्चित गायक तथा कलाकार सोनाम बज्युुको तामाङसोलो गीतले दुधौली नगरका जनप्रतिनिधि देखि दर्शकलाई छमछम नचाए । २८५७ औं सोनाम ल्होसारको अवसरमा नेपाल तामाङ घेदुङ दुधौली नगर कार्य समितिद्धारा आयोजित एक कार्यक्रममा गायक बज्युले दुधौलीका दर्शकहरुलाई नचाएका हुन । गायक बैजुले गाउन थाले पछि दुधौली नगरपालिकाका उप मेयर बालकुमारी अधिकारी देखि वडा अध्यक्ष कुमार लामाका साथै आमन्त्रित अतिथि लगाएत दर्शकलाई जुरुक्कै उफारेका थिए ।

               कार्यक्रम नेपाल तामाङ घेदुङ केन्द्रिय समितिका पूर्व सल्लाहाकार कुमार ब्लोन तामाङको प्रमुख आतिथ्यतामा र तामाङ घेदुङ दुधौली नगर कार्यसमितिका अध्यक्ष मोतिलाल बल तामाङको सभापतित्वमा भएको थियो । कार्यक्रमको विशिष्ठ अतिथिमा दुधौली नगरपाकिाका उप मेयर बालकुमारी अधिकारी, नेपाल तामाङ घेदुङ जिल्ला समितिका पुर्व अध्यक्ष सूर्य बहादुर पाख्रिन र नगरका वडाअध्यक्षहरु बिभिन्न जातजतीका प्रमुख तथा प्रतिनिधि राजनैतिक दलका प्रतिनिधि लगाएत तामाङ जातिका लामा पुरोहित तथा गुरुहरुको उपस्थित रहेको थियो ।

                   तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व विभिद कार्यक्रम गरी मनाउने गरेको छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक नेपाल तामाङ घेदुङका पूर्व केन्द्रिय सल्लाहाकार कुमार ब्लोन तामाङले जानकारी दिनुभयो । तामाङ जातिको बिषेश बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ अनुसार दुधौलीका तामाङहरुले पनि मनाउदै आएको तामाङ घेदुङ नगर कार्यसमितिका अध्यक्ष मोतिलाल बल तामाङले बताउनु भयो । उहाँले भन्नु भयो “तामाङ जातिको यो ल्होछार प्राय माघ १५ आसपारमा मनाउने गर्ने गरे तापनि मञ्जुश्री पात्रोअनुसार यो बर्ष केहि पर धकेसलएको कारण माघ ३० गते मनाएका हौं ।

  प्रत्येक वर्षहरुमा जस्तौ यो बर्ष पनि दुधौलीका तामाङ जातिले भब्यताका साथमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाएको हो । दुधौली नगरपालिका वडा नम्बर ६ स्थित पेमा सान्तेलिङ बौंध गुम्बाको प्रंगणमा कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!