नगर कमिटिको प्रेस विज्ञप्ती – जनप्रतिनिधि सबै ओली सर्मथक

२० पौष, २०७७
दुधौली न्युज सम्बाददाता –
दुधौली / सिन्धुलीको दुधौली नगरपालिकाका स्थानिय तहको निर्वाचनमा नेकपा पक्षबाट टिकट पाई जनप्रतिनिधि भएकाहरुले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीको पक्षलाई सघाउन प्रतिवद्ध भएको एक प्रस विज्ञप्ती मार्फत सार्वजानिक गरिएको छ ।

               सोमवार दुधौली स्वस्थ्य चौकीको सभाहलमा दुधौली नगरपालिकाका नकपा निकट जनप्रतिनिधीहरु नगर प्रमुख, उप–प्रमुख, वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरु सगँ छलफल भएको नेकपा दुधौली नगर कमिटीका अध्यक्ष लक्ष्मण कार्कीले बताउनु भयो । छलफलमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लाई सघाउने निर्णय भएको समेत कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नु भयो – वडा नं. ६ का वडा अध्यक्षको अनुपस्थिती रहेको थियोर तर अन्य नेकपा निकटका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

                     यता, छलफलमा रहेर निस्किएका एक वडा अध्याक्षले भने नाम गोप्य राख्ने सर्तमा छलफल मात्र भएको यो पक्ष उ पक्ष भने नखोलेको बताए । उनले भने – हामीलाई जनताले ५ वर्ष जनताको प्रतिनिधित्व गर्न पठाएका हुन् हामी जनताको काम गर्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!