अव माक्स नलगाए कारबाही हुने


दुधौली न्यूज सम्बाददाता
२२ असार, २०७७

                        दुधौली / अब घर बाहिर निस्किदा माक्स नलगाए र सामाजिक दूरी कायम नगरे प्रहरीले पक्राउ गरेर कारवाही गर्ने भएको छ । सोमबार गृहले प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन समेत दिईसकेको गृहका सह प्रवक्ता उमाकान्त अधिकारीले बताए ।

       मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिएको परिपत्रमा उल्लेख छ । मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अबलम्वन गरिएपनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरेकोले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन गृहले यो निर्देशन दिएको पनि अधिकारीले बताए ।
निर्देशन उल्लंघन गर्नेलाई पक्राउ र जरिवाना सम्मको कारबाही हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!